यसरी भयो एकै रात तीनजनाको हत्या
- बुधबार, १६ साउन, २०७५
- 4 years ago
- समाचार
राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा ।
पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो । घटना भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ तर सूर्यनारायण र छोरी प्रतिभाको शव अझै भेटिएको छैन । सूर्यनारायणका भाइ र बुहारीसहित १० जनाजतिको संलग्नतामा उक्त घटना गराइएको प्रहरीको अनुमान छ । तीमध्ये पाँचजना अभियुक्त पक्राउ परेका छन् भने बाँकी फरार छन् ।
यसरी भयो हत्या
अभियुक्तले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानअनुसार दाजुभाइबीचको पारिवारिक झगडा तथा अंश विवादका कारण सूर्यनारायण, पत्नी बेचनी र छोरी प्रतिभाको सामूहिक हत्या भएको हो ।
जेठ २६ गते साँझ गाउँकै हटियाछेउको बाँसघारीनजिक प्रमिलाबाहेक पक्राउ परेका धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साह तथा फरार रहेका अभियुक्त पूर्वनियोजित रुपमा रक्सी सेवन गर्न बसेका थिए । उनीहरुले छोरीसहित हटियातिर हिँडेका सूर्यनारायणलाई पनि रक्सी खान बोलाए ।
पूर्वयोजनाअनुरुप अभियुक्तले थोरैथोरै खाए भने सूर्यनारायणलाई थपीथपी खुवाए । अँध्यारो गाढा भएपछि रक्सिको नशामा लट्ठिएका सूर्यनारायणको घाँटी थिचेर हत्या गरियो त्यसपछि छोरी प्रतिभाको पनि हत्या गरियो । दुवैका शवलाई बोरामा बाँधेर नहरको साइफनभित्र गाडिदिए अभियुक्तहरु घर फर्के । त्यति बेला रातिको करिब ९ बज्दै थियो । सूर्यनारायणकी चार महिनाको गर्भवती पत्नी बेचनी घरमा सुतिरहेकी थिइन् ।
एकैचोटि उनीमाथि आक्रमण भयो । उनको पनि घाँटी थिचेर हत्या गरियो । सुरुमा बेचनीको शव पनि साइफनभित्रै गाड्ने योजना थियो तर गाउँबाट झन्डै दुई किलोमिटर टाढा रहेकोले आँगनमै रहेको शौचालयको सेफ्टी ट्यांकीभित्र बेचनीको शव फालियो । सेफ्टीट्यांकीभित्र फालिएको शकुहिएर गनाउन थालेपछि गाउँलेहरुले जेठ ३१ गते राति प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र उक्त हत्याकाण्डको रहस्य खुलेको थियो । आजको नागरिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 2 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 2 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 4 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।