अंश जोगाउन दाजु, भाउजु तथा ४ वर्षीय छोरीको हत्या
- बिहीबार, १७ साउन, २०७५
- 4 years ago
- समाचार

राजविराज । अंश जोगाउनका लागि राजविराज नगरपालिका–१५ मुसहर्नियामा भाइकै योजनामा दाजुको परिवारका तीन सदस्यको हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ ।
स्थानीय ३५ वर्षीय सुरज साह, ३० वर्षीया पत्नी बेचनीदेवी र चार वर्षीया छोरी प्रतिभाको हत्या मृतकका भाइ पञ्चदेव साहको योजनामा भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले दाबी गरेको छ । हत्या आशंकामा हिरासतमा राखी प्रहरीले मृतकका आफन्तको बयान लिएको थियो ।
हत्यामा पञ्चदेवसहित उनकी पत्नी प्रमिलादेवीको योजना रहेको थियो भने शव बेपत्ता बनाउन सोही वडाका धर्मेन्द्र साह, जिवछ साह र सत्यनारायण साहले सहयोग गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
घरायसी विवाद बढेपछि अंश जोगाउनका लागि परिवारकै हत्या गरिएको प्रहरीलाई पञ्चदेवले बयान दिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । उनीहरूलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।
गत २९ जेठमा हत्या गरी बेचनीको शव घरपछाडि शौचालयको सेफ्टी ट्यांकीभित्र लुकाइएको थियो । शव गन्हाउन थालेपछि परिवारकै हत्या भएको खुलेको हो । प्रहरीले ३१ जेठमा बेचनीको शव सेफ्टी ट्यांकीबाट निकाली बेपत्ता भएका सुरज र छोरी प्रतिभाको खोजी प्रहरीले अहिले पनि गरिरहेको छ ।
२९ जेठमै सुरज र उनकी छोरी प्रतिभाको पनि हत्या गरी शव घरदेखि करिब २ किलोमिटर टाढा कोसीपश्चिम नहरको खाँडो नदीमा फ्याँकिएको बयान पञ्चदेवले दिएको प्रहरीले जनाएको छ । अभियुक्तहरूले दिएको बयानका आधारमा दुई दिनदेखि प्रहरीले खाँडो नदीमा शव खोजिरहेको छ । वर्षा र अत्यधिक पानी रहेका कारण शव खोजी कार्य प्रभावित बनेको प्रहरी उपरीक्षक सिंहले बताए । यद्यपि गोताखोर र अन्य साधन जुटाई बुधबार पनि शव खोज्ने काम भएको सिंहले बताए । शव खोजीका लागि गोताखोर थपिएका छन् ।
२ असारमा मृतक बेचनीका पिता छिन्नमस्ता गाउँपालिका–६ का रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा निजका परिवारजनले नै छोरी, ज्वाइँ तथा नातिनीको हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराएका थिए । साहले दर्ता गरेको किटानी जाहेरीमा मृतक सुरजका भाई पञ्चदेव, उनकी पत्नी प्रमिलादेवी र छोरा सन्तोषमाथि हत्याको आरोप लगाइएको थियो ।
सोही किटानी जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान थालेपछि निजहरूकै संलग्नतामा परिवारसहित सुरज साहको हत्या गरिएको रहस्य खुलेको प्रहरी उपरीक्षक सिंहले बताए ।
हत्या घटनामा संलग्न रहेका थप पाँच जना फरार रहेकाले खोजी भइरहेको उनले बताए । पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको एसपी सिंहले जानकारी दिए । आजको राजधानी दैनिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 3 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 5 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।