ठेला चालकद्वारा सुरक्षा गार्डको हत्या

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
सांकेतिक फाेटाे

मोरंङ । विराटनगर महानगरपालिका २ मा संचालित बिक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्डको हत्यामा सलग्न व्यक्ति एकसातापछि पक्राउ परेका छन् ।

 

३ भदौमा कार्यरत अवस्थामै रहेका बेला विराटनगर ४ का ५१ वर्षीय टंकप्रसाद भट्टराईको विभत्स हत्या भएको थियो । उनको हत्यामा सम्लग्न रहेको आरोपमा प्रहरीले विराटनगर ४ जामुनगाछिका २६ वर्षीय सञ्ज्य सहनीलाई पक्राउ गरेको हो । प्रहरीले आइतबार सहनीलाई सार्वजनिक गर्दै हार्डवेयरमा रहेको सिसिटीभिको फुटेजलाई समेत हेरी अनुसन्धान पछि सहनीको संलग्नता देखिएको जानकारी दिएको छ ।

 

सहनीलाई १० भदौमा मध्यान्न विराटनगर १५ बाट प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । उनलाई कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी जिल्ला प्रहरी कार्यालय मोरंगका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पक्राउ परेका सहनी लागुऔषध दुव्र्यसनी रहेको पाइएको छ । लागु औषध सेवन गर्ने गरेका सहनी ठेला चालक हुन् ।

 

घटनाको प्रारम्भिक अनुसन्धानबाट सहनी र मृतकबिच विवाद भएको थियो । लागुऔषध सेवन गरेका सहनीले भट्टराईसँग पैसा माग्दा दिन नमानेपछि त्यसको प्रतिशोधमा हत्या भएको देखिन्छ । प्रहरीका अनुसार मृतकलाई रडले पेटमा प्रहार भएको थियो । यस्तै देब्रे आँखा फुटाइएको र टाउको पछाडी काटेर विभत्स हत्या भएको थियो । उनको हत्यापछि आफन्तहरुले दोषिलाई यथाशिघ्र पक्राउ गरि कारवाहिको माग गर्दै प्रदर्शन गरेका थिए । आजको राजधानी दैनिकबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 2 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 4 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।