‘यौनकर्मी’ विवादको कारण सुरक्षा गार्डको हत्या

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । विराटनगर– ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।

 

हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका– २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए।

 

प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर– १५ बाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन्। उनका अनुसार भट्टराई र सहनीबीचको चिनजान पुरानै हो।

 

भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो। उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ। राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो।

 

पुरानै चिनजानका आधारमा सुरक्षा गार्ड भट्टराईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउनका लागि भन्दै २५ सय रुपैयाँ दिएर पठाएका थिए। ‘यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्राईले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुईबीच विवाद भएछ,’ एक  प्रहरी अधिकारीले भने, ‘विवाद बढ्दै गएपछि फलामको रड र भाला प्रयोग गरेर भट्राईको हत्या भएको देखिन्छ।’ आजको अन्नपूर्ण पोस्ट्बाट


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

  • 8 hours ago
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • 8 hours ago
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग

ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

  • 9 hours ago
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।