अपहरणपछि ८ महिने नाबालिकाको निर्मम हत्या
- मंगलबार, १२ भदौ, २०७५
- 3 years ago
- समाचार

औरही, महोत्तरी । महोत्तरीको औरही नगरपालिका– १ मा आठ महिनाकी नाबालिकाको निर्मम हत्या भएको छ । औरहीका इन्द्रेश चौधरी र सन्तोष चौधरीकी छोरी सोनाली अपहरणपछि मारिएकी हुन् ।
अबोध बालिकाको हत्या गरी फालिएको अवस्थामा भंगहा नगरपालिका– १ मेघनाथ गोरहन्नास्थित औकसी खोलाको पश्चिमपट्टि सोमबार शव भेटिएको हो । दुधे बालिका सोनालीको आइतबार अपहरण भएको थियो ।
निवस्त्र अवस्थामा शिशुको शव भेटिएको स्थानीय शिवालय चौधरीले बताए । ‘जिउमा केही लुगा थिएन, नाकबाट रगत बगेको देखिन्छ,’ उनले भने, ‘दाहिने गालामा झापट हानेको डाम देखिन्छ, देब्रेमा दाँतले टोकेको देखिन्छ । निधारमा नीलडाम छ ।’
आइतबार साँझदेखि बेपत्ता बालिका खोजिए पनि करिब १९ घण्टापछि औरहीभन्दा ३ किलोमिटरपूर्व शव भेटिएको स्थानीय सत्यनारायण चौधरीले जनाए ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले घटना गम्भीर प्रकृतिको रहेको बताए । ‘पोस्टमार्टमपछि थप तथ्य खुल्नेछन्’, उनले भने ।
पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । हत्याराले आफूले लगाएका लुगा पनि घटनास्थलमै फालेको छ । बालिकाको शवनजिक पुरुषले लगाउने कालो चश्मा, ब्राउन रंगको अन्डरपेन्ट, सुन्तला रंगको गम्छा, बिस्कुटका खालि खोल प्रहरीले फेला पारेका छन् । बालिकाका लुगा पनि उनको शव नजिक भेटिएको छन् ।
‘आइतबार साँझ बालिका हराएको थाहा पाउनसाथ प्रहरी खटे पनि राति २ बजेसम्म कहीं भेटिएन’, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले भने, ‘सोमबार बिहान स्थानीयवासीसँगै खोज्दै जाँदा शव फेला पर्यो ।’ उनले दोषीको पहिचान भइसकेकोले छिट्टै पक्राउ पर्ने दाबी गरे ।
उनले दोषी असामान्य अवस्थाको मान्छे रहेको एसपी कार्कीले जनाए । तर, उनको नाम खोल्न चाहेनन् । उनलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको छ । ‘बालिका लैजाने मान्छे असमान्य ९सन्काहा० टाइपको छ । घर छोडी फिरन्ते जिन्दगी बिताउँदै आएको छ,’ एसपी कार्कीले भने, ‘बच्चा उठाएर लगेको व्यक्तिले नै कर्तव्य गरेको हाम्रो शंका छ ।’ आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली
- 3 hours ago

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत
- 4 hours ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!
- 6 hours ago

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।