आफ्नै सासूलाई बोक्सी भन्दै हत्या गर्ने बुहारी पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • आइतबार, १७ भदौ, २०७५
  • 3 years ago
  • नेपाल

दाङ । आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । 

 

दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

 

पत्रकार सम्मेलनमा घटनाका बारेमा जानकारी दिदै इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत भदौ २ गते झारफुक गराउन भनी घरबाट सल्यानको कपुरकोट पुगेका सासूबुहारी भोलिपल्टसमेत घर नफर्केको र उनीहरुको साथमा रहेको मोबाइल स्वीच अफ भएको भन्दै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि जाहेरी दर्ता गराएका थिए । 

 

सोहीअनुरुप प्रहरीले खोजतलाश तथा अनुसन्धानलाई तीव्र पारेको थियो । अनुसन्धानका क्रममा शुक्रबार बिहान सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं २ को शिव मन्दिर सामुदायिक वनको भकमको भिर जङ्गलमा खोपी रावतको शव फेला परेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए । 

 

उनका अनुसार शवको प्रकृति हेर्दा निजलाई कोही कसैले कर्तव्य गरी मारेको हुनसक्ने आशंका गरेको थियो । ४० वर्षीय टङ्कीमाथि शङ्का गरी खोजतलाश गर्दा उनी कपिलवस्तु जिल्लाको कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा आज इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले फेला पारी पक्राउ गरेको हो । 

 

पक्राउ परेकी टङ्कीले आफूले सासूको लाँठी र हसियाँ प्रहार गरी गत भदौ ५ गते हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनले प्रहरीसमक्ष आफू सधैँ लगातार बिरामी परिरहने र सोही क्रममा धामीझाँक्री कहाँ जारफुक गराउन जाँदा सासू नै बोक्सी रहेको र निको नहुने बताएपछि आफूले योजना बनाएर हत्या गरी फरार रहेको बताएकी हुन् । 

 

पक्राउ परेकी टङ्कीलाई घटनास्थल सल्यान जिल्लामा पर्ने भएकाले कारवाहीका लागि शनिबार नै जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाइएको प्रहरी नायब सापकोटाले जानकारी दिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

  • 9 hours ago
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • 9 hours ago
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग

ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

  • 9 hours ago
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।