मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

  • आइतबार, २ कार्तिक, २०७७
  • 1 week ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

कास्की । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङग्रा नल्याउने निर्णय गरेको हो । 

 

बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको थियो । यस वर्ष खसीबोका मात्र बिक्री गरिने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । “बजार मूल्य नियन्त्रण गर्ने निकायले नै बढी मूल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउनु उचित ठान्यौँ ”, उनले भने । कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बतबाट च्याङग्रा मुस्ताङ ल्याउन नसकिएको न्यौपानेको भनाइ छ । 

 

कम्पनीले दाङ र मकवानपुरबाट खसीबोका ल्याएको छ । दुवै स्थानबाट ल्याइएका खसीबोका सोमबार बिहान ८ बजेदेखि थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । मूल्य निर्धारण भने गरिएको छैन । सबै खसीबोका ल्याएपछि मूल्य निर्धारण गरिनेछ । गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढ्ने कम्पनीले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेहुली बन्दा कस्ती देखिइन् काजल अग्रवाल ? (तस्बिरहरु)

  • 12 minutes ago
बेहुली बन्दा कस्ती देखिइन् काजल अग्रवाल ? (तस्बिरहरु)

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवालले गौतम किचलुसँग विवाह गरेकी छन् । उनले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले मुम्बईमा सानो परिवारको झमघटमा विवाह गरेकी

‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

  • 19 minutes ago
‘सरकार निजी क्षेत्रलाई दुःख दिने, अल्झाउने, हतोत्साहित बनाउने पक्षमा छैन’

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो ।

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

  • 23 minutes ago
सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उब



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

सफल हुन नदिने मानिसका यी दुई खराब बानी

एजेन्सी । अर्थशास्त्री र नीति शास्त्तका महान ज्ञानी आचार्य चाणक्यले केही यस्ता व्यवहारिक कुराहरु गरेका छन् जसले मानव जीवनमा सफलता दिन बताइन्छ । चाणक्यका अनुसार जब कोही व्यक्ति गलत बाटोमा निकिस्छ तब उबाट सफलता पनि परपर भाग्छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।