दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

काठमाडौं । आज नेपालीको महान चाड विजयादशमी । सामान्यतया दशैं पर्वमा आफू भन्दा अग्रजहरुको हातमा टिका ग्रहण गर्दै आशिर्वाद लिने चलन छ । साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

 

त्यसोभए आज हामीले तपाईले खसीको स्वादिष्ट सुप के–कसरी तयार गर्ने भन्ने विषयमा जानकारी गराउँदै छौं । त्यसोत पछिल्लो समय नेपालमा जाडोको सिजन पनि बढ्दै गएको छ । 

 

यस्तो समयमा खसीको तात्तातो सुप खानुको स्वाद बेग्लै हुन्छ, र स्वास्थ्यको लागि पनि लाभदायी हुन्छ । 

 

त्यसमाथि खसीको खुट्टाको सुप । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । 

 

यसरी बनाउनुस् खसीको सुपः

 

 सामग्रीहरु :

 

– छाटा मुगी १०० ग्राम

 

 – नुन स्वादअनुसार

 

– एक चिम्टी ज्वानो

 

– ठूलो एक चम्चा बटर

 

– पानी एक बाउल

 

– पिस पारेको एउटा खसीको खुट्टा

 

– थिचेको अदुवा २० ग्राम

 

– थिचेको लसुन ३० ग्राम

 

– थिचेको हरियो खुर्सानी दुई पिस

 

 बनाउने विधि :

 

– आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस्, 

 

– बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस्,

 

– खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस्,

 

– थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस्,

 

– तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस्,

 

– दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस्,

 

– स्वादअनुसार नुन राखिदिनुहोस्,

 

– अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस्, 

 

– आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस्,

 

– अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो,


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

  • 1 minute ago
कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ ।

भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

  • 5 minutes ago
भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

एजेन्सी । भुटानमा कुल कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये २९ जना सक्रिय संक्रमित रहेका छन् ।

युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

  • 13 minutes ago
युकेमा कोरोनाका कारण एकैदिन ४१४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन ४१४ जनाभन्दा बढीको मृत्यु भएको छ । साथै पछिल्लो एकदिनमा झण्डै पन्ध्र हजार कोरोना संक्रमित थपिएका छन् । युकेमा कोरोना संक्रमितको संख्या १६ लाख ७४ हजार नाघेको



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।