म्यान्मार अदालतद्वारा पत्रकारको फैसला स्थगन

Global IME
Norvic Hospital

यान्गुन । रोहिङ्ग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार सङ्कलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुईजना पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लङ्घनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ । 

 

राज्यको गोपनीयता कानुन उल्लङ्घनको मुद्दा खेपिरहेका दुबै पत्रकारको फैसला त्यहाँको एक अदालतले आज सुनाउने पूर्व निर्धारित तालिका थियो । 

 

गत डिसेम्बरदेखि नै रोयटर्सका पत्रकारहरु ३२ वर्षीय वा लोन र २८ वर्षीय क्या सो ओउ म्यान्मारमा कुख्यात इन्सेन जेलमा थुनामा छन् । पत्रकारको रिहाईको माग गर्दै विश्वभरबाट म्यान्मारमाथि दबाब बढेको छ । 

 

यी दुबै पत्रकारले सेप्टेम्बर २०१७ मा द्वन्द्व प्रभावित रखाइन राज्यमा मारिएका १० जना रोहिङ्ग्या मुस्लिमका बारेमा अनुसन्धान गरिरहेका थिए । 

 

उनीहरुलाई यान्गुनमा प्रहरीले खाना खान बोलाएको थियो । त्यही समयमा उनीहरुलाई केही कागजात दिइयो । त्यसपछि उनीहरुलाई पक्राउ गरियो । रखाइन राज्यमा सैनिक कारबाही सम्बन्धी गोप्य सामग्री राखेको आरोप उनीहरुमाथि लगाइयो । 

 

दुबै पत्रकारमाथि औपनिवेशिककालीन राज्य गोपनियता कानुन उल्लङ्घनको आरोप लागेको छ । यस्तो दस्ताबेज राखिए १४ वर्षको जेल सजाय हुन सक्दछ । अदालतको आदेशको पर्खाइमा कुटनीतिक व्यक्तिहरु, सञ्चारकर्मीहरु र शुभेच्छुकहरुको ठूलो भिड अदालतमा लागेको थियो । 

 

तर जिल्ला न्यायाधीश खिन माउङ माउङले संक्षिप्त सुनुवाई गर्दै मुख्य न्यायाधीश बिरामी भएकाले सेप्टेम्बर ३ मा मात्र आदेश सुनाइने जानकारी दिएका थिए । 

 

अदालतबाट बाहिर निस्कनेक्रममा पत्रकार वा लोनले फैसला जेसुकै भएपनि आफूहरु भयभित नभएको प्रतिक्रिया दिए । “हामी सत्य रहेको हामीलाई विश्वास छ र हामीले केही गल्ती गरेकै छनौं ।” 

 

आङ सान सू कीको नेतृत्वमा पनि प्रेस स्वतन्त्रतामा सङ्कट आएको भन्दै सर्बत्र आलोचना पनि शुरु भएको छ । रोहिङ्ग्या समुदायमाथि राज्यको व्यवहारले पनि उहाँको सार्वजनिक छवि अन्तर्राष्ट्रिय स्तरमै खस्किएको छ । 

 

राष्ट्रसंघीय एउटा मिसनले सोमबार म्यान्मारको मानव अधिकार उल्लङ्घनको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दैछ र राष्ट्रसंघीय सुरक्षा परिषदमा रोहिङ्ग्या सङ्कटका बारेमा मङ्गलबार छलफल हुनेछ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 53 minutes ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।

महङ्गियो चलचित्र निर्माण

  • 2 hours ago
महङ्गियो चलचित्र निर्माण

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।