वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?
- मंगलबार, ६ माघ, २०७७
- 1 month ago
- जीवनशैली

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
माघ ४ गते आइतबार मध्याह्न ११ः५८ बजे पश्चिममा अस्त भएका गुरु फागुन २ गते आइतबार पूर्वमा उदाउने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यसैगरी माघ ३० गते शुक्रबार बिहान ७:६ बजे शुक्र पनि पूर्व अस्त हुने उनले सुनाए । शुक्र यो वर्षभर नै उदय नहुने समितिले जनाएको छ । विसं २०७८ मा कहिले शुक्र उदय हुने भन्ने विषयमा पात्रो (पञ्चाङ्ग) स्वीकृत नभएकाले अहिले भन्न नसकिने जनाइएको छ । वृहस्पति र शुक्र अस्त भएका बेला नित्य र नैमित्तिक कर्म मात्र गर्नु हुने तथा कुनै कामना लिएर गरिने कर्म गर्न नहुने शास्त्रीय मान्यता छ ।
यो वर्षका बाँकी तीन महिना नित्य रुपमा गरिने स्नान, पाञ्चायन पूजा, दिवङ्गत हुनेको नाममा गरिने काजक्रिया, बच्चा जन्मनेको जातकर्म मात्र गर्नु हुने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । “वृहस्पति र शुक्र अस्त हुँदा गरिएका कर्मले ब्राह्मणलाई दक्षिणा त प्राप्त होला तर कर्ता (यजमानं लाई फल प्राप्त हुँदैन, वृहस्पति र शुक्र ग्रह बाल र वृद्ध हुँदा पनि काम्य कर्म अर्थात् कुनै कामनाले गरिने कर्म गर्नु हुँदैन”, धर्मशास्त्रविद् गौतमले भने ।
यी दुवै ग्रह अस्त हुनु तीन दिनअघिदेखि उदय भएको तीन दिनसम्म पनि कुनै कामना लिएर गरिने कर्म गरिँदैन । यी दुई ग्रह अस्त भएका बेला दान, महादान, गोदान, धान्य पर्वत दान, गृहारम्भ, गृह प्रवेश, लाख बत्ती बाल्ने, सप्ताह, नवाह, सत्यनारायण पूजा, रुद्रीपूजालगायत कर्म गर्नु हुँदैन । वृहस्पति र शुक्र अस्त भएकैले यस वर्ष माघ, फागुन र चैतमा विवाह एवं व्रतबन्धका लग्नसमेत छैनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालमा थप ४७ जनामा कोरोना संक्रमण
- 19 minutes ago

काठमाडौँ । नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी
- 43 minutes ago

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।
फर्निचर उद्योगमा आगलागी
- 54 minutes ago

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।