नाफ्टा औपचारिक रुपमा खारेज, नयाँ सम्झौतामा तीन देशबीच हस्ताक्षर

Global IME
Norvic Hospital

ब्युनस आयर्स  संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता -नाफ्टा- लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनी दिएका थिए । 

 

युएसएमसीए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन टु«डोले हस्ताक्षर गरेका थिए । 

 

तीनैजना नेताहरु हाल औद्योगिक राष्ट्रहरुको समूह जी–२० को बैठकका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भेला भएका थिए । 

 

सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो सम्झौता नमुनाका रुपमा रहेको र यसले आगामी दिनमा व्यापारको परिदृश्यमै परिवर्तन ल्याउने बताए । 

 

ट्रम्पले नयाँ सम्झौताका क्रममा नेताहरुबीच आरोप प्रत्यारोप भएपनि राम्रो नतिजा आएकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले यस सम्झौताबाट अमेरिकी कामदारलाई फाइदा पुग्ने र बौद्धिक सम्पत्तिको संरक्षणमा ठोस योगदान हुने विश्वास व्यक्त गर्नुभयो । 

 

सम्झौताले मुख्यगरी सवारी साधनका क्षेत्रमा कार्यरत मजदूर एवं कामदारको रोजगारी सुरक्षामा मद्दत पुग्ने बताइएको छ । 

 

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ सम्झौताले पछिल्ला दिनहरुमा बढ्दै गएका गम्भीर आर्थिक अनिश्चितताका चुनौतीको समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 5 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।