नागरिक समाज युकेको अध्यक्षमा पूनः छत्र वनेम

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

लण्डन । लिम्बुवान नागरिक समाजको पाँचौँ महाधिवेशन युकेको आस्फोर्डमा ७ बुँदे समसामयिक प्रस्तावहरु पास गर्दै गत शनिवार सम्पन्न भएको छ । अध्यक्षमा पूनः छत्र वनेमलाई नै निर्विरोध निर्वाचित भएका छन् । 

 

आदिवासी जनजाति महासंघ युकेको अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनको बन्दसत्रले उपाध्यक्षहरुमा दिल इवारम, मनमाया नेम्वाङ र बिजय लुङफुङवा निर्वाचित भएका छन्  । यसैगरी, सचिवमा लाहाङ चेम्जोङ, सह–सचिवमा मिहाङ थेबे र कोषाध्यक्षमा सुन्दर लिङथेपलाई निर्वाचित गरेको छ ।

 

अध्यक्ष दिल सम्बाहाङफे, सचिव दिल पालुङवा र सदस्य देब चोङवाङ रहेको निर्वाचन मन्डलले अन्य निर्वाचित सदस्यहरुमा सृजना सम्बाहाङफे, टिका मादेन, सिसिर सङबाहाङफे, सम्सेर ताप्मादेन, देवेन्द्र खिम्दिङ, बिजय पयाङ्गु, तेज माबो, शुभ नेम्बाङ, मन्जु लिङदम, बिना योङहाङ, योगेन्द्र तावा, सुरेन्द्र थेबे, राम गुरुङ, सुदिल राई, रनबिर योङहाङ, विजय लिङथेप र जसलच्छि मावोलाई सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । 

 

महाधिवेशनले विधानको संशोधन गर्दै तुम्याहाङ पदको सृजना गर्दै पूर्व अध्यक्षहरुलाई पनि कार्यकारी बनाएको छ । लिम्बुवान आईनसकेको हुनाले पूर्व अध्यक्षहरु संस्थाबाट अवकास हुन छुट नभएको विधान मस्यौदा संयोजक लाहाङ चेम्जोङले विधानको मस्यौदा प्रस्तुत गर्दै तर्क गरेका छन् ।

 

तुम्याहाङलाई अध्यक्ष भन्दा तल र उपाध्यक्षभन्दा माथिको बरिष्ठ पदको विधानले परिकल्पना गरेको छ । संशोधित विधान बमोजिम महाधिवेशन र महासचिव पद खारेज गरिएको छ । पांचौ महाधिवेशन पस्चात अधिवेशन र सचिव मात्र भनिनेछ । यसैगरी, नागरिक समाजलाई अन्य देशहरुमा पनि गठन गर्ने तर नागरिक समाज युकेसंग समानान्तर संस्थाको रुपमा रहनेछ । साथै, कोषाध्यक्ष बिकास हेल्लोकको आर्थिक प्रतिवेदन र बिजय लुम्फुङवाको काङसोरे पुरस्कार नियमावलीको मस्यौदाउपर आवस्यक परिमार्जन गर्दै पास गरेको छ ।

 

प्रमुख अतिथि शेर्पाले शुभकामना मन्तब्य दिनेक्रममा नेपालमा मात्र नभएर विश्वमा आदिवासी जनजातिहरु पहिचानको लागि एक हुनुपर्ने तर्क गरेका छन् । अर्का अतिथि महासंघ नेपालको पूर्व सचिव भक्त दुराले लिम्बुवान नेपालमा मात्र संगठित नभएको भएर युकेमा पनि ससक्त भएकोमा गर्व लागेको बताएका छन् । यदि लिम्बुवान जतिको सशक्त अन्य पहिचानवादीहरु पनि भएको भए, नेपालमा पहिचानमा आधारित प्रदेशहरु बन्नेमा कुनै शंका नहुने तर्क पनि गरे । 

 

यसैगरी, किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष गणेश इजम, जसपा नेपाली समाज प्रवास प्रदेश समिति मुख्य सचिव बिस्वास तिगेला, संघिय लोकतान्त्रीक सामाजिक मन्च युके अध्यक्ष शर्मिला यक्सो, युमा साम्यो महासभा युकेका उपाध्यक्ष युमाहाङ पालुङवा, किरात धर्म तथा साहित्य महासंघ युकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, किरात सत्यहाङमा महागुरु फाल्गुनन्द समाज युकेका प्रतिनिधि दिल सम्बाहङफे, नागरिक समाजका सल्लाहकारहरु सिरी साम्यु, नरेन्द्र मावोहाङ, टंक येङदेन लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रतिबद्दता मन्तब्य राख्दै निर्वाचित अध्यक्ष वनेमले कार्यसमितिको पहिलो बैठकले विभागहरु घोषणा गर्ने बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

  • 2 hours ago
नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

  • 2 hours ago
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालील

Bring home the festive vibes this Diwali with Asda

  • 2 hours ago
Bring home the festive vibes this Diwali with Asda

London: The onset of autumn signifies the beginning of the magnificent festival of lights, Diwali. With this year’s celebrations falling on the 24th of October, Asda joins in the festivity of the triu



पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।