नालापानीको कथामा फिल्म

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर फिल्म ‘नालापानी’ निर्माण गरिएको जानकारी निर्देशक रिमेश अधिकारीले दिए। निर्माता समेत रहेको अधिकारीले नेपाली वीरताको गाथालाई पर्दामा ल्याउनु सहज नरहेको बताए । 

 

“नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई अहिलेको पुस्तालाई देखाउनु र बुझाउनु मेरो उद्देश्य हो । हामीले आफ्नो वीरताको गाथालाई सङ्ग्रहित गर्नु जरुरी छ”, उनले भने । युद्धको समयको भोगाइलाई पर्दामा देखाउनु कठिन रहेको निर्देशक अधिकारीले सुनाए । “सीमित प्रविधि, बजारले गर्दा हाम्रो मेकिङमा असर गर्छ । यद्यपि हामीले सक्दो मेहनत गरेका छौँ”, उनले भने । उनले झण्डै नौ वर्ष लगाएर फिल्म तयार गरेका हुन् । चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष फिल्मसमेत घोषणा गरेको थियो । लेखन तथा अनुसन्धानमा निर्देशक अधिकारीलाई कृष्ण आचार्यले सहयोग गरेका हुन् । प्रा डा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा डा धनराज कुँवर, प्रा डा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा डा सुरेन्द्र केसी, पूर्वसहायक रथि डा प्रेम सिंह बस्न्यातहरूसँग छलफल गरेर नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ मा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।

 

फिल्ममा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 6 minutes ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 22 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 1 hour ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।