इराकको कमाइ बिर्साउने व्यवसाय

  • शनिबार, ३ असोज, २०७७
  • 1 month ago
  • अर्थ

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन ।

उनले सोचे, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र ?” त्यसपछि उनी आफ्नै देशमा फर्किए । देशमा फर्किएपछि के गर्ने भन्ने बारेमा उनलाई हुट्हुटी लाग्न थाल्यो । तर उनीसँग आफ्नै माटोका लागि उपयोगि हुने सीप थिएन । कुनै प्राविधिक ज्ञान पनि थिएन । 

प्राविधिक सीप सिक्नका लागि उनी लागे मुस्ताङको लेते स्थित धौलागिरि प्राविधिक शिक्षालयतर्फ । शिक्षालयमा १८ महिना पशु स्वास्थ्य प्राविधिक विषयमा अध्ययन गररे प्राविधिक ज्ञान हासिल गरेपछि थापाले गाउँ फर्केर व्यवस्थित रुपले शुरु गरेको व्यवसायिक बाख्रा पालनले अहिले उहाँलाई फलिफाप भएको छ ।

थापाले निसान बोयर बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रुपमा उन्नत बोयर जातको बाख्रापालन शुरु गरेपछि अहिले उनको जीवनमा इराकको मरुभूमिलाई बिर्साइदिने गरी हरियाली छाएको छ । चार वर्ष अघिदेखि हुलाकेमा बोयर बाख्रा पाल्न शुरु गरेका थापा अहिले बोयर बाख्रा र बोकाको माग बढेपछि उत्साहित बनेका छन् । तनहुँ र धार्केबाट ल्याएका पाँच माउ र एक बोकाबाट थापाले स्थानीय खरी जातका बाख्रालाई क्रस बनाएर पालेका छन् ।

छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाको भनाइ छ । शान्त स्वभावका हुने भएकाले बोयर बाख्रा पाल्न सजिलो मानिन्छ । करिब रु १० लाख लगानीमा स्थापना भएको फार्ममा हाल ३५ बाख्रा र बोका छन् । फार्ममा माउ बाख्राको सङ्ख्या बढाएर ५० वटा पु¥याउने थापाको योजना छ । पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई रु २० हजारभन्दा बढी मूल्य लिन सकिने थापाले बताए । गत वर्ष करिब २० वटा बोका र बाख्रा बिक्री गरेर करिब १० लाख आम्दानी गरेको उनको भनाइ थियो । आधुनिक किसिमको खोर बनाउनुभएका थापाले २० रोपनी जग्गामा बहुवर्षे तथा डालेघाँस खेती पनि गरेका छन् । फार्मलाई खसीबाख्रा र बोका सङ्कलन केन्द्रको रुपमा विकास गराउन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु चार लाख अनुदान दिएको उनको भनाइ छ । 

कृषकहरुले उत्पादन गरेका खसी, बोका सङ्कलन गरेर फार्ममा ल्याउने र मागअनुसार बजार तथा कृषककहाँ पुर्याउने तयारी गरेको थापाले बताए । खसी बोका बिक्री गरेर वार्षिक रु १० देखि १५ लाखसम्म कमाउन थापा सफल भएका छन् । उनी भन्छन्, “सकेसम्म खाडी मुलुक जाने नै होइन, त्यहाँ गर्ने परिश्रम आफ्नै माटोमा गर्न सक्ने हो भने १० गुणा बढी यही कमाउन सकिन्छ ।” अहिले कोरोना सङ्कटले विदेशिन तम्तयार युवालाई अवसरको वातावरण मिलाइदिएको थापाको बुझाइ छ । थापा भन्छन्, “कोरोना कहर शुरु भएपछि युवा विदेश जान सकेका छैनन्, उनीहरुले गाउँमा नै पशुपालन, तरकारी खेती, फलफूल र कुखुरापालन शुरु गरेका छन् । यो युवा पुस्ताका लागि एउटा अवसर पनि हो ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिमकोट गाउँपालिकाका शिक्षकले तलब पाएनन्

  • 9 minutes ago
सिमकोट गाउँपालिकाका शिक्षकले तलब पाएनन्

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नदिएपछि सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् ।

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

  • 6 hours ago
राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

  • 7 hours ago
पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व