उपसभामुख तुम्बाहाम्फेका कारण पार्टीले सभामुख पद गुमाउने स्थिती आयोः प्रवक्ता श्रेष्ठ

फाइल फाेटाे

लमजुङ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएको कारण पार्टीले सभामुख पद गुमाउनुपर्ने स्थिती आएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

 

प्रेस संगठन लमजुङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले उपसभामुखले राजीनामा नदिएसम्म संसद्‍को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उनलाई राजीनामा दिन पार्टीले आग्रह गरेको बताए ।

 

उपसभामुखले तुम्बाहाम्फे नै सभामुखको सशक्त उम्मेदवार भए पनि संवैधानिक प्रावधानका कारण तुम्बाहाम्फेले राजीनमा नदिँदा नेकपाले सभामुख पाउने सम्भावनाकै अन्त्य हुने प्रवक्ता श्रेष्ठ तर्क थियो ।

 

‘अहिलेको उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्नुहुन्छ । यो स्वभाविक पनि हुन्छ। तर उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख उहाँ नै बन्ने हो भने त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त तयार हुनुपर्छ ।’

 

संसदको सबैभन्दा ठूलो दलले सभामुख नपाउने स्थिती सिर्जन गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मान्यता स्वीकार गर्ने पक्षका निम्ति हितकर कुरा नभएको उनले बताए ।


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 1 hour ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1 hour ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 1 hour ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।