मुसलमान महिलाद्वारा भारतीय प्रधानमन्त्रीलाई ‘राखी’ उपहार
- आइतबार, १० भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

भारत । मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ) का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो दाजु तथा बाबुको रूपमा सम्मान गर्दै सन् २०१३ देखि शुरु गरेको संस्कारलाई निरन्तरता दिँदै यस बर्ष पनि राखी उपहार पठाउने भएका हुन् ।
मुसलमान महिला फाउण्डेसनकी सदस्य नाजिमा अन्सारीले भने, “बनारसमा बसोबास गर्ने हाम्रो फाउण्डेसनमा आवद्ध मुसलमान महिलाहरूले पहिलोपटक सन् २०१३ मा प्रधानमन्त्री मोदीलाई राखी पठाएका थियौँ । त्यसपछि यसलाई निरन्तरता दिँदै आएका छौँ ।”
फाउण्डेसनमा आवद्ध महिलाहरूल भने “उहाँ (प्रधानमन्त्री नरेन्द्र मोदीजी)लाई आफ्नो ठूलो दाजु तथा पिताजस्तै संरक्षकका रूपमा सम्मान गर्छौँ । हरेक बर्षजस्तै यसबर्ष पनि उहाँलाई राखी पठाइने छ । हामीलाई विश्वास छ उनले हामीलाई निरन्तर संरक्षकत्व दिइरहनुहुनेछ र आवश्यकता परेको समय सहयोग गर्नुहुनेछ ।”
अन्सारीको भनाइलाई पछ्याउँदै फाउण्डेसनकी अर्की सदस्य शबाना फतिमाले भने, “हामीले हाम्रो घर र समाजमा भोग्नुपरेको अत्याचारविरुद्ध प्रधानमन्त्री मोदीको सहयोग खोजेका छौँ । हामी आशा गर्छौँ उनले हामीलाई त्रिपल तलाकजस्ता कुप्रथाबाट मुक्ति दिलाउनुहुनेछ ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 16 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 40 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 1 hour ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।