‘दोस्रो विश्वयुद्धपछि नेटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’
- बुधबार, १५ आषाढ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् ।
आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र हतियार परिचालन गर्नुपरेको उल्लेख गरे ।
ऊर्जा र अन्य आवश्यक स्रोत– साधनको लागत बढिरहेकाले नाटोका सहयोगीहरूले स्रोत व्यवस्थापनमा तनावका सङ्केत देखाएका छन् । यद्यपि उनीहरूले युक्रेनलाई अर्बौँको सैन्य एवम् नागरि सहायता उपलब्ध गराएका छन् । नाटोलाई सर्वाधिक सैन्यशक्ति प्रदान गर्ने देश अमेरिका हो । राष्ट्रपति जो बाइडेनले नाटो गठबन्धन विगतमा पनि एकजुट रहेको र भविष्यमा अझ सबल एवम् सुदृढ रहने बताए ।
नेटोमा स्रोत परिचालन एउटा संवेदनशील विषय बन्नसक्ने स्थिति छ । तीस सदस्यीय नाटोका नौ देशले प्रतिरक्षामा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत खर्च गर्ने सङ्गठनको लक्ष्य पूरा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नाटोका सदस्य मुलुकलाई आगामी दशकमा प्रतिरोध एवम् प्रतिरक्षाका निम्ति स्रोतको सुनिश्चित गर्न गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
नाटो नेताहरूले पूर्वी युरोपमा गठबन्धन सेनालाई रूसविरूद्ध बलियो एकता निर्माण गर्नु म्याडरिड शिखर सम्मेलनको प्रमुख प्राथमिकता भएको बताएका थिए । उनीहरूले युरोपको सुरक्षालाई सुदृढ एवम् सबल तुल्याउनुपर्नेमा जोड दिँदै रूस युरोपका लागिमात्र नभई समग्र नेटाका निम्ति पनि चुनौती भएको बताए । युक्रेनलाई थप सहायता उपलब्ध गराउनेबमा केन्द्रित रहेर सम्मेलनमा छलफल हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड
- 2 hours ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
- 2 hours ago
एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
- 2 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।