पर्यटकीय क्षेत्रको आशालाग्दो गन्तव्य नौकुण्ड (फोटोफिचर)

Norvic Hospital

काठमाडौं । “हजार माइलको यात्रा एक पाईलाबाट सुरु हुन्छ ।” भनेझै नौकुण्डलाई पर्यटनको माध्यमबाट बिकसित गरि अगाडी बढाउन पदमार्गको डिपिआर बनाउने काममा यतिबेला नौकुण्ड गाउँपालिका लागिपरेको छ । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा प्राविधिक सहितको टोलीले कोरोना महामारीको बेलामा ४ दिनको सर्भेक्षणपछि डिपिआर बनाउने कामको अन्तिम तयारी गरेको छ ।

 

नौकुन्ड गाउकार्यपालिकाको निर्णय अनुसार उपाध्यक्ष सिर्जना लामाको नेतृत्वमा प्राविधिक टिम र नौकुन्ड समाज कल्याण तथा पर्यटन प्रबर्द्धन समाजका टिम सहित नौकुन्ड–गोसाईकुण्ड पर्यटन पदमार्गको सम्भाब्यता अध्ययन तथा डिपिआरको लागि नौकुण्डसम्म जान दुई ओटा रुटको अध्ययन गरेको छ ।

 

जसमा नुवाकोटको साततले दरबारदेखि सुरु भई रसुवाको नौकुण्ड गाउँपालिका वडा नं. ४ हुँदै सरमथली–पाटीखर्क–पार्च्याङ–लार्च्याङटार–यार्सा–सिम्बन्दी–दोक्लाङ हुँदै नौकुन्डको रमणीय स्थलसम्म पुग्न सकिन्छ । नुवाकोटबाट पहिलो दिनमा सरमथली, सरमथलीबाट दोस्रो दिनमा सिम्बन्दी पुग्न सकिन्छ ।  सिम्बन्दीबाट तेस्रो दिनमा नौकुण्ड पुग्न सकिन्छ । चौंथो दिनमा गोसाइकुण्ड पुग्न सकिन्छ । एक हप्ताको यात्रामा जान आउन सकिन्छ ।

 

 सातधारे हिमालको दृश्य

नौकुण्ड जाने अर्को बाटो रसुवाको उत्तरगयाधाम बेत्रावतीबाट अम्बास–आँपचौर–सर्स्यु–लोकिल–जुरेढुंगा–बिजुलीढुंगा–लाङ्बु–थाङदोर–सिम्बन्दी–देउराली–बालुवा–बक्सार हुँदै नौकुण्ड जाने बाटोमा पुग्न सकिन्छ । उत्तरगयाधामबाट पहिलो दिनमा लोकिलसम्म पुग्न सकिन्छ । दोस्रो दिनमा सिम्बन्दीहुँदै देउरालीसम्म पुग्न सकिन्छ । यो रुटबाट जाँदा ५–६ दिनमा जान आउन सकिन्छ । नुवाकोट र रसुवाको यी दुई स्थानबाट नौकुण्ड पदमार्ग हुँदै गोसाइकुण्ड पुग्न सकिन्छ । बीचमा नौकुण्ड नजिकै सातधारे हिमाल पनि देख्न सकिन्छ । हतार हुनेहरुका लागि गाडीमा सिम्बन्दीसम्म गएर नौकुण्ड हुँदै गोसाईकुण्ड पुगेर ३ दिनमै यात्रा पुरा गर्न सकिन्छ ।

 

नौकुण्डमा नौ ओटा ताल रहेका छन् । पर्यटकीय हिसावले नौकुण्ड एकदमै रमणीय र सुन्दर रहेको छ । अहिलेसम्म गोसाइकुण्डको मात्र प्रचारप्रसार भएको छ । नौकुण्डलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नौकुण्ड गाउँपालिका अहिले लागिरहेको छ । नौकुण्ड गाउँपालिका पर्यटन विकासको लागि दिनरात नभनी लागिपरेको छ ।

 

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देखाउनका लागि गाउँ–गाउँबाट पदमार्गको रुट बनाइएको छ । फरक–फरक संस्कृति र रहनसहन पर्यटकले देख्न पाउनुका साथै होमस्टे, होटल सञ्चालन, टुरिस्ट गाइड र व्यवसाय गर्न चाहनेहरुका लागि पनि रोजगार मिल्ने भएकाले नौकुण्ड हुँदै गोसाइकुण्ड जाने पदमार्ग निर्माणको डिपिआर तयारको लागि अघि बढेको गाउँपालिकाको उपाध्यक्ष सिर्जना लामाले फकपत्रसँगको कुराकानीमा बताउनुभयो ।

 

लामाकाअनुसार – “साँच्चिकै ओझेलमा रहेको नौकुन्डलाई अगाडि ल्याउन यो हाम्रो पहिलो पाइला सफल भएको अनुभुति भएको छ ।”

 लार्च्याङटारको सुन्दर दृश्य

नौकुण्ड गाउँपालिकामा ९ ओटा कुण्ड रहेका छन् । सबैभन्दा माथिको कुण्डको हाइड ४५००मिटर रहेको छ । त्यहाँ सातधारे हिमाल पनि रहेको छ । करिव ५५०० मिटरमा सातधारे हिमाल रहेको बुझिन्छ । नौकुण्ड जानका लागि लार्च्याङटारमा एउटा ठूलो फाँट रहेको छ । लार्च्याङटार–पाटीखर्क र निर्कुभुमे, न्हेगाङ सुरुङ, जुरेढुंगा–बिजुलीढुंगाको विशेषता भनेको धार्मिक पर्यटकीय महत्व रहेको छ । त्यहाँबाट पर्यटकहरुका लागि धेरैभन्दा धेरै भ्यू देखिनुका साथै सहज बाटो रहेको छ । गोसाईकुण्ड जाँदा धुन्चेबाट ठाडो उकालो चढेर जानुपर्ने अवस्था रहेको हुँदा बाटोमा पहिरोको समस्या आइरहन्छ ।

 

नौकुण्डबाट जाँदा तेर्सो–उकालो सहितको सजिलो बाटो भएकाले सुरक्षित तरिकाले पुग्न सकिन्छ । नौकुण्ड हुँदे गोसाईकुण्ड जाने पदमार्गको डिपिआर बनाउँदा बाटोहरुमा ढुंगाको छिँडी , केही दूरीमा मानिस बसोबास गर्ने पाटीहरु, खानेपानीको व्यवस्था र शौचालयको साथै पदमार्ग गर्ने यात्रुलाई बीचमा कुनै स्वास्थ्य समस्या भएमा तत्कालै उद्धार गर्नका लागि हेलीप्याडको व्यवस्था समेत हुने भएको छ ।

 

गाउँपालिका उपाध्यक्ष सिर्जनाको अनुसार – अहिले नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्थानीय तह र संघीय सरकारको साझेदारीमा पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि सूचनाहरु प्रकाशन भइरहेको हुँदा हाम्रो यस अभियानमा पर्यटन बोर्ड, टान, नुवाकोट–रसुवा पर्यटन समाज, पर्यटन स्म्बन्धी संघ/संस्थाहरुको साथ सहयोगको आसा गरेको छौं ।

 

दोक्लाङको पानी घट्टको दृश्य

नौकुण्ड गाउँपालिका भित्रका नागरिकहरुको जीवनस्तर उकास्नका लागि पर्यटन विकासले मद्दत पु¥याउनेछ । त्यस क्षेत्रका कला, संस्कृतिलाई विश्वमा देखाउनुका साथै यस क्षेत्रको विकासका लागि पदमार्गदे नौकुण्डका सबै वडाहरुलाई जोडेको छ ।

नौकुण्ड जाने बाटोहरुमा भेडी गोठ र चौरी गोठहरु रहेका छन् । भने चौंरिको चिज, छुर्पी, दुर्खा पनि पाइन्छ ।

नौकुण्डका नामहरु यसप्रकार रहेका छन् जसमा लाम कुन्ड, राजा कुन्ड, रानी कुन्ड, शिर कुन्ड, तेम कुन्ड, दि कुन्ड, कृष्ण कुण्ड, कुदाब ग्यो (चुल्हो कुन्ड), एक्ले कुन्ड हुन् ।

नौकुन्डबाट काठमाडौ उपत्यका, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाको गौरीशंकर हिमाल, लाङटाङ हिमाल, गणेश हिमाल, दोर्जे लाक्पा हिमाल, यलपिक हिमालहरुको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

  • 9 minutes ago
नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

  • 14 minutes ago
जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

एजेन्सी । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि

सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

  • 25 minutes ago
सीपी मैनालीलाई प्रचण्डको प्रश्नः राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लाग्नुभएको हो ? भन्दै भन्दै प्रश्न गरेका छन्। भृकुटीमण्डमा भएको राप्रपाको



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।