प्रधानमन्त्री भएको बेला जुन हेलिकप्टरमा घुम्थे, त्यसैमा चढेर जेल जाने

Norvic Hospital

इस्लामाबाद । नवाज शरीफ शुक्रवार बेलायतबाट आफ्नो देश फर्केका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री रहेका उनी अबधाबी विमानस्थल हुँदै लाहोरतर्फ जाँदैछन् । 

 

उनी लाहोर ओर्लिएपछि भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टेबिलिटी ब्यूरो (न्याब) ले उनको  गिरफ्तारीका लागि १० हजार भन्दा धेरै सिपाही तैनाथ गरेर राखेको छ ।

 

शरीफलाई भ्रष्टाचारको मामिलामा १० वर्षको जेल सजाय सुनाइएको छ । नवाजसँगै उनकी छोरी मरियम पनि पाकिस्तान फर्किँदैछिन् । उनलाई पनि भ्रष्टाचारको मामिलामा ७ वर्षको जेल सजाय तोकिएको छ । न्याबले बिहीबार मात्रै नवाज र मरियमलाई एयरपोर्टबाटै सीधा रावलपिन्डीको अदियाला जेल लैजाने जनाएको थियो ।

 

लण्डनबाट अबुधाबीतर्फ जानुअघि नवाजले एक भिडियो म्यासेज जारी गर्दै भनेका थिए,  ुजो मेरो बशमा थियो, जो मेरो बशमा छ मैले गरिसकेको छु । मलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तर यो बलिदानी पाकिस्तानी पुस्ताका लागि दिइरहेको छु । म मेरा समर्थहरुसँग मेरो हातमा हात समातेर अघि बढ्न अपिल गर्छु, जसले मुलुकको भाग्य र भविष्य बदल्न सकियोस् ।ु

 

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ ।

 

अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । मरियमलाई लण्डनको हिथ्रो एयरपोर्टमा उनका साथी र परिवारजनले विदाई गरे ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

  • 12 minutes ago
रश्मिकाले फोब्र्सको यो लिस्टमा विजय, सामान्था र यशलाई पनि पछि पारिन्

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् रश्मिका मन्डान्ना । दक्षिणमा सबैभन्दा व्यस्त अभिनेत्रीका रुपमा उनी परिचीत छिन् । उनको बलिउड एन्ट्रीसँगै रश्मिकाले छोटो समयमा नै आफ्नो स्टारडम बनाउ

प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

  • 17 minutes ago
प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका कु

आज सुनको भाउ कति ?

  • 36 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।