उपनिर्वाचन २०७६ः तयारी तीव्र, दलहरु घरदैलोमा

Global IME
Norvic Hospital

नवलपरासी । नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ । निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

 

दलहरुले प्रचार–प्रसार शान्तिपूर्णरूपमा गरिरहेको र निर्वाचनको तयारी सौहार्दपूर्णरूपमा चलिरहेको अधिकारीले बताए । मतदान हुने वडामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना गरी ४५ जना खटाइने उनले उल्लेख गरे । निर्वाचन हुने वडा र त्यस आसपासको क्षेत्रमा प्रशासनले मङ्सिर १२ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । वडा नं ५ को निर्वाचन हुने स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत खटाइएको अधिकारीले बताउनुभयो । बौदीकाली–५ मा ८५३ मतदाता रहेका छन् । 

 

बौदीकाली–५ स्थित उदय आधारभूत विद्यालय जौबारीलाई मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिनुभयो । मतदातालाई सही तरिकाले मत खसाल्न जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।  यसअघि स्थानीय तहको निर्वाचनमा यहाँ ८०१ मतदाता थिए ।  वडाध्यक्षका लागि तीन उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । वडाध्यक्ष पदका लागि नेकपाका खिमबहादुर थापा खरुमगर र काङ्ग्रेसका तुलबहादुर राना उम्मेदवार रहनुभएको छ । उनीहरु नाताले मामा भान्जा हुन् । 

 

नेकपाका उम्मेदवार खिमबहादुरले १५ बुँदे घोषणापत्र जारी गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाका अनुसार पार्टीका सबैजसो नेता प्रचारप्रसारमा जुटेका छन् । काङ्ग्रेसले पनि निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्र पारेको छ । सांसद तथा जिल्लाका नेतासमेतको टोली घरदैलो अभियानमा जुटेको काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 12 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 15 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 33 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।