एनसेलको ‘मेरो प्लान’ सार्वजनिक

  • मंगलबार, २९ पुष, २०७६
  • 6 months ago
  • अर्थ

काठमाडौँ । एनसेलले प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डाटा र  भ्वाइस सेवाको फाइदा लिन सक्ने छन् । 

 

यो आकर्षक योजना मङ्गलबार (पुस २९) देखि लागू हुनेछ । यो योजनामा एनसेलले दुई साप्ताहिक प्याकहरुः २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ । २ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र ९५ दशमलव ७७ मा सेवा प्राप्त गर्नेछन् । 

 

यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात् एनसेल नेटवर्क भित्र करसहित मात्र १ दशमलव २८ रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्ने छन् । 

 

त्यसैगरी ६ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र १ सय ९१ दशमलव ५४ रुपैयाँमा ६ जीबी (४ जीबी २ जीबी भिडियो डाटा) को मजा लिन सक्ने छन् । प्याकअन्तर्गतको भिडियो डाटामा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तैः गूगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्ने छन् । 

 

डाटा प्याक सकिएपछि मुख्य ब्यालेन्स नकाटिइकन आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता हो । यो प्लानअन्तर्गत ग्राहकले आफ्नो डाटा भोलुम सकिएपछि आवश्यकताअनुसारको मेरो प्लानहरु तुरुन्त फेरि लिन सक्ने छन् । 

 

साप्ताहिक प्लानअन्तर्गतका डाटा भोलुमको समयावधि सुरु भएको दिनदेखि सात दिनको रहने छ । ग्राहकले ८१७१२३३ डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुरु गर्न सक्ने छन् ।

 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताबमोजिम ग्राहकको आवश्यकताअनुसारको बण्डलिङ्गसहितको प्लान ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ । 

 

यस योजनामा रहेका कुनै पनि प्लान सुरु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोबाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ ।

 

मुख्य ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ दशमलव ५४ रुपैयाँमा प्रयोग गर्न सक्ने छन् ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।