Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रिय सभा निर्वाचनको लागि १२ दललाई चिह्न प्रदान

राष्ट्रिय सभा निर्वाचनको लागि १२ दललाई चिह्न प्रदान


काठमाडौँ। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन्।

निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि १२ वटा दल दर्ता गर्ने निर्णय भएको जनाएको हो। यस्तै आयोगले दर्ता गरिएका दलहरूलाई चिह्न प्रदान गरेको छ।

आयोगले नेकपा एमालेलाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ढल्केको छाता निर्वाचन चिह्न प्रदान गरेको छ।

यस्तै, जनमत पार्टीलाई लाउड स्पिकर, नेकपा (एकीकृत समाजवादी)लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई खुलेको आँखा चिह्न प्रदान गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT