नेकपा सिन्धुपाल्चोकमा काे बन्ला अध्यक्ष ? अाकांक्षीहरूकाे दाैडधूप सुरू

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सिन्धुपाल्चोक । तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको नेतृत्वका लागि नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । 

 

सहमतिको नाममा पार्टी केन्द्रले मनोनित गरेकाहरुले नै संगठनको नेतृत्व गर्ने निश्चित भएपछि आकांक्षीहरुको दौडधूप पनि बढेको छ । प्रदेश र जनवर्गीय संगठनमा जस्तै सिन्धुपाल्चोकको पार्टी जिल्ला अध्यक्षका लागि नेताहरुले आफूअनुकुल लबिङ गरिरहेका छन् ।

 

देउजादेखि कर्माचार्यसम्मको दाबी

 

जिल्ला अध्यक्षका लागि केही नेताहरुको चर्चा बढी छ । र, आकांक्षी नेताहरुले आफूनिकट समूहका केन्द्रीय नेताहरुसँगको लबिङलाई बढाएका छन् । 

 

खासगरी जिल्ला नेतृत्वका लागि पूर्वएमालेबाट नेताहरुः बालकृष्ण देउजा, पूर्वएमाले अध्यक्ष झम्क नेपाल र पूर्वसांसद सुवास कर्माचार्यको चर्चा बढी छ । त्यस्तै पूर्वमाओवादीबाट नेताहरुः सरल सहयात्री र राजकुमार श्रेष्ठको चर्चा बढी छ । यसबाहेक पनि नेतृत्वको रहर गर्नेहरु छन् । तर, उनीहरुको खासै चर्चा छैन ।

 

कसको भागमा पर्छ जिल्ला नेतृत्व ?

 

पूर्वमाओवादीले सिन्धुपाल्चोकलाई ‘संगठनको हिसाबमा राम्रो’ भएको जिल्लाका रुपमा लिन्छ । तर स्थानीय निर्वाचनको मतपरिणामका आधारमा पूर्वएमालेको तुलनामा पूर्वमाओवादीलाई जनसमर्थन कम छ । यसका बाबजुत पनि नेकपाको केन्द्रीय सदस्यमा एमालेको भागमा तीनजना पर्दा माओवादीको भागमा सात जना परेका छन् । यो आधारमा पूर्वएमालेले अबको जिल्ला अध्यक्ष आफ्नो पक्षमा आउनुपर्ने दाबी गरिरहेको छ । 

 

जिल्लाको नेतृत्व पनि पूर्वमाओवादीकै पोल्टामा पर्दा कार्यकर्तामा निराशा छाउने खतरा बढी भएको पूर्वएमालेको बुझाई छ । तर पूर्वमाओवादीले आफ्नो ‘राम्रो भएको जिल्ला’का हिसाबमा नेतृत्वको दाबी गरिरहेको छ । यसरी हेर्दा पूर्वएमाले वा पूर्वमाओवादी कसको पोल्टामा जिल्ला नेतृत्व जान्छ भन्ने यकिन छैन । यद्यपि, यो कुरालाई दुबै पार्टीको आन्तरिक समूहले प्रभाव पार्नेछ । 

 

‘गुटगत भागबण्डा’को स्थिति

 

पूर्वएमाले र माओवादी दुबैमा ‘गुट राजनीति’ व्यापक भएको सत्य ‘ओपन सेक्रेट’ नै छ । मूलतः एमालेमा दुई समूह छ भने माओवादीमा पनि दुई समूह छ । तर, जिल्ला नेतृत्व चयन गर्ने सन्दर्भमा समूहगत राजनीति यताउता पर्ने निश्चितजस्तै भएको छ । 

 

किनकि, एमालेबाट नेतृत्वको दाबी गरिरहेका दुईजना नेता माधवकुमार नेपाल समूहका हुन् । एकै समूहका पूर्वसांसद सुवास कर्माचार्य र पूर्वअध्यक्ष झम्क नेपालले अध्यक्षको दाबी गर्नुले पनि समूहगत राजनीति यताउता हुने अनुमान गर्न सकिन्छ ।

 

झम्क नेपाललाई पूर्वएमाले नेतृ अष्टलक्ष्मी शाक्य, उद्योगमन्त्री एवम् नेता अरुण नेपाल र पूर्वमन्त्री शेरबहादुर तामाङको साथ भएको बुझिएको थियो । तर, पछिल्लो समयमा तामाङले नेपाललाई साथ नदिने सम्भावना बढेको छ । 

 

यसो हुँदा पनि कर्माचार्यको सम्भावना बढ्ने भने होइन । किनकि, तामाङले आफूलाई जिल्ला ईन्चार्जका रुपमा तयारी गरिरहेको बुझिएको छ । कानूनमन्त्रीबाट राजीनामा दिएपछि तामाङले जिल्ला ईन्चार्जको लागि तयारी गरेका हुन् । त्यसअघि पनि तामाङले कर्माचार्यलाई समर्थन नगर्ने छनक दिइसकेका थिए । यसमा तामाङ सफल भए सिन्धुपाल्चोक नेकपाको नेतृत्व पूर्वमाओवादीमा जानेछ ।

 

पूर्वमाओवादीले जिल्लाको नेतृत्व गर्दा युवा नेता सरल सहयात्री अघि आउने निश्चित छ । सँगसँगै पूर्वसांसद राजकुमार श्रेष्ठले पनि नेतृत्वको अपेक्षा गरेका छन् । तर, सरल अध्यक्ष हुने स्थितिमा राजकुमार बाधक बन्ने छैनन् । अर्का नेता दावा तामाङको पनि यसमा समर्थन हुने अपेक्षा गरिएको छ ।

 

यद्यपि, यो स्थितिमा पूर्वमाओवादीकै ‘सापकोटा समूह’ अर्थात् पूर्वमन्त्री एवम् सांसद अग्निप्रसाद सापकोटा समूहको समर्थन सरललाई नहुने निश्चितप्रायः छ । उक्त समूहले पूर्वएमालेको तर्फबाट सुवास कर्माचार्यलाई नै समर्थन गर्ने बुझिएको छ । सापकोटा समूह सफल भए सुवास जिल्ला अध्यक्ष बन्नेछन् ।

 

त्यस्तै केपी शर्मा ओली समूहबाट नेता बालकृष्ण देउजाले तीव्र लबिङ गरिरहेका छन् । नेकपाको जिल्ला नेतृत्व पूर्वएमालेको भागमा आउँदा र माधव नेपाल समूहका दाबेदारबीच विवाद भइरहेको अवस्थामा देउजाले पार्टीको नेतृत्व गर्ने अवसर पाउनेछन् । 

 

जसका लागि उनीले केन्द्रीय लबिङलाई बढाउन आवश्यक छ । पटक–पटक विभिन्न भूमिकाको लागि नाम चर्चामा आउने गरे पनि अवसर पाउनबाट उनी बञ्चित भएका छन् । र, यसपटक आफूले जिल्ला पार्टीको नेतृत्व गर्न पाउनेमा उनी आशावादी छन् ।

 

जिल्लाको नेतृत्व पूर्वमाओवादीको भागमा गए उनी सचिवको जिम्मेवारी निर्वाह गर्न समेत तयार छन् । यो पछिल्लो समय देखिएको परिदृश्य मात्रै हो । भागबण्डा मिलाउँदा एकैछिनमा यो समीकरण परिवर्तन हुने सम्भावना पनि उत्तिकै छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 6 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 6 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।