लण्डनमा नेप्लिज ईञ्निनियर्स यूकेको एक दिने तालिम सम्पन्न
- आइतबार, १२ फागुन, २०७५
- 3 years ago
- युके

लण्डन । सोसाइटी अफ नेप्लिज ईञ्जिनियर्स यूकेले लण्डनमा जोग्राफिक इन्फोमेसन सिस्टम ( जिआइएस) सम्बन्धी एक दिने तालिम सञ्चालन गरेको छ ।
शनिबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न तालिममा लण्डन र आसपासबाट १५ जना ईञ्जिनियरहरु सहभागी थिए ।
जिआइएस विज्ञ डा विदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए । जिआइएस एप्लिकेसन, विभिन्न सफ्टवेयरहरुबीचको अन्तरसम्बन्ध, इन्टेन्सिभ एप्लिकेसन लगायतका विषयमा तालिम केन्द्रित थियो ।
तालिमको समापनपछि सोसाइटी अफ नेप्लिज ईञ्जिनियर्स यूकेका अध्यक्ष शैलेन्द्र श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि सबैलाई उपयोग हुने खालका यस्ता तालिमहरु सञ्चालन गरिने बताउंदै तालिमका सहभागीहरु र संलग्न प्रशिक्षक तथा समुहलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमका संयोजक तथा संस्थाका सदस्य वेदप्रसाद भट्टराईले भविष्यमा अरु फरक फरक विषयमा केन्द्रित तालिमहरु सञ्चालन गर्दै जाने बताए ।
त्यसअवसरमा संस्थाका वरिष्ठ सदस्य तथा सल्लाहकार केके श्रेष्ठले यस्ता तालिमहरु ईञ्जिनियर समुदायको लागि निकै उपयोगी रहने बताउंदै यसबाट अनुभव आदानप्रदान र पुनर्ताजगी हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमलाई संस्थाका सदस्य तथा कार्यक्रम संयोजक वेदप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।
तस्विर : दिनेश कुमार
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 39 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 47 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 1 hour ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।