भारतसँगको संवादको स्थिति ट्रयाकमा फर्केको छ– डा भट्टराई

  • सोमबार, १५ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनले भने, “भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ ।” दुवै देशबीच माथिल्लो तहमा एकीकृतरुपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त समितिको आगामी डिसेम्बरमा हुने बैठकपछि एउटा ‘कोर्स’ लिने डा सल्लाहकारको भनाइ थियो ।

 

कालापानीको विषयपछि नेपाल–भारतबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशङ्कालाई दुवै देशका प्रधानमन्त्रीबीच अगस्त १५ मा भएको टेलिफोन संवाद र पछिल्ला तीन तहका भ्रमणले सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गरेको  उनले उल्लेख गरे । लिम्पियाधुरा, लिपुलेक र कालापानी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतको हो भन्ने पुष्टि गर्दैन भन्दै डा भट्टराईले भने,  “विदेश सचिवको भ्रमणले त्योभन्दा माथिल्लो तहको  छलफल र भ्रमणका लागि बाटो खुुलेको छ ।”

 

चीनसँग पनि केही समय पहिले ऐतिहासिक र दुरगामी महत्वका यातायात र पारवहन सन्धि भएको उल्लेख गर्दै उनले सीमानाका र बाटालाई व्यवस्थित गर्दै सम्बन्ध विस्तार गरी अघि बढाउनपर्ने आवश्यकता औँल्याए । छिमेकीले गरिरहेको आर्थिक समृद्धि र विकासबाट फाइदा लिँदै विकास र संरचनामा सहभागी भएर कतै पनि नढल्किएर हाम्रो विकासलाई अघि बढ्नुपर्छ भन्ने वर्तमान सरकारको नीति रहेको सल्लाहकार भट्टराईले स्पष्ट पारे ।

 

उनले भने, “विशेषगरी सैन्य र राजनीतिक किसिमको संलग्नता कुनै पनि मुलुकसँग कतै पनि हुुन सक्दैन, हामी तटस्त र असंलग्न हौँ । भूराजनीतिक स्थिति नै त्यस्तो छ, हामी यता र उता ढल्कने अवस्था छैन । छिमेकीसँग राम्रो र विश्वासको सम्बन्ध बनाएर जनता र राष्ट्रको हितमा सहकार्य र संवाद गर्न चाहन्छौँ ।”

 

एक प्रश्नको जवाफमा डा भट्टराईले पार्टीभित्र देखिएको विवाद सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट छिनोफानो हुने बताए । उनले भने, “कमिटीगत हिसाबबाट अहिलेको निकास खोज्नुपर्छ, दायाँबायाँ लाग्ने भनेको विग्रहको बाटो हो, विग्रहको बाटोमा जाने छुट पार्टीका कुनै नेता र कार्यकर्तालाई छैन । पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ । त्यो नै समस्या समाधानको उपाय हो ।”

 

नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले कालापानीका विषयमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले नेपालीको गौरव बढाए तापनि कुटनीतिमा कमजोरी भएकाले नेपाल–भारत सम्बन्धमा चिसोपन आएको आरोप लगाए । उनले भने, “चीन र भारतबीच नेपाल ‘नेचुरल बोडर’का रुपमा रहेको छ, दुवै देशलाई विश्वासमा लिएर अघि बढ्ने नीतिले मात्र हाम्रो हित गर्छ ।” इतिहासको एउटा पात्रका रुपमा मात्र रहेको राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै नेता प्रधानले भने, “धमिलो पानीमा माछा मार्न खोज्नुको साटो कसैलाई इच्छा लाग्छ भने पार्टी खोलेर सडकमा आए हुन्छ ।”

 

नागरिक समाजका डा सुन्दरमणि दीक्षितले छिमेकी दुवै मुलुकलाई नजिक र टाढाको दृष्टिले नहेरी समान व्यवहार गर्नु नै नेपालको हितमा हुने धारणा राखे । उनले भने, “नेकपाभित्र देखिएको झगडाले नेपाली जनताको मन कुँडिएको छ, दुवै अध्यक्षको प्रतिवेदनमा एक अर्काप्रति आरोपप्रत्यारोप गर्नुबाहेक जनता र राष्ट्रको हितमा कुनै ठोस कुरा बोलिएको देखिन्न यो हाम्रो दुर्भाग्य हो ।”


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

  • 13 minutes ago
ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

  • 16 minutes ago
‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलतः बामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको बताएका छन् । सोमबार राष्ट्रिय समाचार समिति (रासस)को समाचारमा यो शब्द

निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

  • 30 minutes ago
निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको माधव नेपालको दाबी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिता विवाद टुङ्गिएको दाबी गरेका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले मंगल



पर्यटन

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर

गण्डकी । पर्यटकीय नगरी पोखराको आकाशबाट देखिएको ऐतिहासिक एवम् धार्मिक क्षेत्र भद्रकाली मन्दिर ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।