नवौँ राष्ट्रिय खेलकुदः उच्चमनोबल र चुस्त व्यवस्थापनले राम्रो नतिजा दियो – सेना

Global IME
Norvic Hospital

काठमाडौँ । नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । 

 

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले  पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उपाधिमासमेत ह्याट्रिकको रेकर्ड बनाउन सफल भएको हो । यसअघि सातौँ र आठौँ संस्करणमा पनि सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ घोषित भएको थियो । 

 

 प्रभावकारी तालिम, प्रशिक्षण, तयारी र व्यवसथापन गर्दै उच्च मनोबलसाथ प्रतिस्पर्धामा उत्रिएकाकारण खेलाडीले अनुमान गरेभन्दा  राम्रो नतिजा दिलाउन सफल भएको नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य पदक जितेको हो । 

 

 सर्वाधिक पदक जितेर सेनाले रु १० लाखको लागतमा प्रतियोगिताका लागि पहिलो पटक तयार गरिएको ‘राष्ट्रिय ट्रफ्री’ चुम्ने अवसर प्राप्त ग¥यो । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ कास्य पदक हात पारेको थियो ।

 

बाह्रैमहिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन, सुविधा र प्रशिक्षणसहितको तयारीकाकारण एथ्लेक्टिस, पौडीसहितका विधामा नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै सेनाले पूर्वानुमानभन्दा बढी पदक जित्न सफल भएको छ । प्रतियोगिता चलिरहँदा सेनाका विभिन्न विधाका १५ जना खेलाडीमा डेंङ्गु सङ्क्रमण भएका कारण सेनाले आँकलन गरेका केही पदक भने गुमाउन परेको थियो । 

 

तथापी सेनाले सबै  टिमलाई पछि पार्दै आफनो पुरानो च्याम्पियनको छवि र वर्चश्व कायम राख्न  सफल भएको छ । महासेनानी बस्नेत भन्छन्, “प्रतिस्पर्धा र रेकर्ड राम्रो भयो, सबै विधाका खेलाडीको तयारी र व्यवस्थापन राम्रो थियो, एथ्लेक्टिस र पौडीमा धेरै रेकर्ड ब्रेक भएको छ । सोचेको भन्दा निकै राम्रो नतिजा प्राप्त गरियो, खेलाडीको उच्च मनोबल र चुस्त व्यवस्थापनले यो परिणाम हात परेको हो ।”

 

सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा बढाउन सामूहिकभन्दा व्यक्तिगत खेल विधालाई बढी ध्यान केन्द्रित गर्ने रणनीति बनाएको देखिन्थ्यो । 

 

मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरीय खेलाडी उत्पादनमा प्रभावकारी सावित भयो । पछिल्लो समय खेलकुदका विकासका लागि प्रादेशिक र स्थानीय तहमासमेत विभिन्न संरचना र कार्यक्रम विकास र विस्तार हुँदै गएको छ । सेनाले टिमलाई जिताउन मात्र केन्द्रित नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र तयार गर्नसमेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

 

प्रतियोगितामा सेनाले फुटबल, एथ्लेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवलटेनिस, कबडडी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्डबल र स्क्वासमा प्रतिस्पर्धा ग¥यो । नियमित अभ्यास र प्रशिक्षण गर्न प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सेनाको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ ।

 

यस पटकको प्रतियोगितामा एपीएफ दुई सय १९, नेपाल प्रहरी एक सय ८५, आयोजक गण्डकी प्रदेश एक सय २०, बागमती प्रदेश एक सय ४५, प्रदेश नम्बर १ ले ८३, सुदूरपश्चिम प्रदेश ६३, एनआएएनए २६, लुम्बिनी प्रदेश ६८, मधेश प्रदेश ३९ र कर्णाली प्रदेशले १८ पदक जित्न सफल भएको छ ।

 

त्रिभुवन आर्मी क्लबका खेलाडीले हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफटटेनिस र रग्बीमा अन्य टिमका खेलाडीसँग प्रतिस्पर्धा गरी नतिजा आफनो पोल्टामा राख्न सफल भएका हुन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 16 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।