नेपाल भाषा साहित्यमा रुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव

भादगाउँ । युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए ।

 

सम्मेलनको उद्घाटन गर्दै गुठीमा पूर्वाध्यक्ष गोविन्दमान श्रेष्ठले उनले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गणतन्त्र स्थापना भइसक्दा पनि भाषासाहित्यको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गरे । उनले भाषाका माध्यमबाट सामाजिक चेतनासमेत जगाउन सकिने बताउँदै भाषासाहित्यको जगेर्नाका लागि नयाँ पुस्ताको आगमन आवश्यक भएको बताए ।

 

गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले नेपाल भाषासाहित्यको उत्थान र नयाँ पुस्तालाई साहित्यमा अभिरुचि जगाउन सम्मेलन आयोजना गरिएको बताए ।

 

नेपाल भाषासाहित्यको विकास, संरक्षण र सम्र्बद्धनको उद्देश्यले स्थापित गुठीको सम्मेलनमा विभिन्न साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए ।  सम्मेलनमा नेपाल भाषाका साहित्यकार रेणु श्रेष्ठ, सौरभ शाक्य, न्हुँछेभक्त कवाँ, शरद कसा, नारायण बज्राचार्य, राजभाइ जकमी, वसन्त नकर्मी, हरिगोविन्द, गोविन्दमान श्रेष्ठलगायतले नेपाल भाषामा कविता वाचन गरेका थिए । त्यसैगरी तेजकृष्ण श्रेष्ठ, नरेन्द्रप्रसाद जोशी र बाबुकाजी सुवालले गजल र सुरेश प्रधान र धर्मराज राजकर्णिकारले हाइकु वाचन गरेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाल भाषामा नेपाल प्रथम कवीन श्रेष्ठलाई गुठीका संस्थापक  रत्नगोपाल साँयजुका स्मृतिमा उनको परिवारले स्थापना गरेको विराट् ज्वलन्त सिरपा र गत वर्षको एसइई परीक्षामा नेपाल भाषामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सुस्मिता राजभण्डारीलाई नेपाल भाषा पदकले सम्मान गरिएको थियो ।

 

सो अवसरमा गुठीका कोषाध्यक्ष रामगोपाल चगुठी, साहित्यकार नवीनप्रकाश श्रेष्ठ, सम्मानित व्यक्तित्व श्रेष्ठ र  राजभण्डारीलगायतले गुठीले नयाँ पुस्तालाई नेपाल भाषासाहित्यका क्षेत्रमा आकर्षित गराउन तथा उनीहरुको अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए । पञ्चायतकालमा नेपाल भाषा साहित्यका माध्यमबाट जनतामा राजनीतिक चेतना ल्याउने र मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने तथा विभिन्न जनजातिका भाषा, साहित्य, कलासंस्कृतिको विकास विस्तार गर्ने उद्देश्यले गुठी स्थापना गरिएको जनाइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 1 hour ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 1 hour ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

  • 1 hour ago
महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।