नेकपाका कुन कमिटीमा कस्ता अधिकार ?
- शुक्रबार, २५ जेष्ठ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । नेकपाले पार्टीको केन्द्रीय सचिवालयलाई केन्द्रीय कार्ययोजना प्रस्ताव तयार पार्नेदेखि मातहतका पार्टी कमिटी, विभाग र जनवर्गीय संगठनहरूको मूल्याकंन प्रतिवेदन तयार पार्र्ने र केन्दीय कार्यालय सञ्चालन गर्नेसम्मको अधिकार दिएको छ। केन्द्रीय सचिवालयले गर्ने ६ अधिकार टुंगो लगाउँदै विधानको धारा १८ (च) र धारा ३३ मा सचिवालयसँग सम्बन्धित व्यवस्थामा केन्द्रीय सचिवालयको कामसम्बन्धी व्यवस्था गरेको हो।
दुई अध्यक्षले विधान टुंगो लगाइसकेका छन्। विधानअनुसार केन्द्रीय सचिवालयले केन्द्रीय कार्यालय सञ्चालन गर्ने, केन्द्रीयस्तरबाट गरिनुपर्ने कार्ययोजना वा कार्यक्रमको प्रस्ताव तयार गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी बैठकका कार्यसूचीसम्बन्धी प्रस्ताव तयार पार्ने अधिकार तय गरिएको छ। सचिवालयले केन्द्रीय विभाग, मातहत कमिटी, संयन्त्र, कार्यदल, मोर्चा संगठनलगायतका कामको प्रतिवेदन नियमित बुझेर मूल्यांकन प्रतिवेदन तयार पारी केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समितिमा प्रस्तुत गर्ने, समसामायिक विषयमा पार्टी निर्णय सार्वजनिक गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो तथा स्थायी समितिले तोकेका अन्य काम गर्ने गरी सचिवालयको अधिकार विधानमा व्यवस्था गरिएको छ।
केन्द्रीय सचिवालयलाई दैनिक कार्यसञ्चालन गर्ने र केन्द्रीय कार्ययोजना बनाउने अधिकार रहे पनि राजनीतिक तथा सांगठनिक निर्णयका लागि स्थायी समिति नै कार्यकारी हुनेछ।
नेकपाले विधान अब छापेर बाहिर ल्याउने तयारी गरेको छ। नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेका अनुसार केन्द्रीय सचिवालयलाई दैनिक कार्यसञ्चालन गर्ने र केन्द्रीय कार्ययोजना बनाउने अधिकार रहे पनि राजनीतिक तथा सांगठनिक निर्णयका लागि स्थायी समिति नै कार्यकारी हुनेछ। नेकपाको सचिवालय ९ सदस्यीय छ। दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव र एक प्रवक्तासहित नेकपाले ९ जनाको सचिवालय बनाएको छ। विधानमा केन्द्रीय कमिटीले सचिवालय गठन गर्न सक्ने उल्लेख गरे पनि सचिवालयको संख्यासम्बन्धमा भने मौन छ।
स्थायी समितिलाई ४, पोलिटब्युरोलाई ५ र केन्द्रीय समितिलाई १६ अधिकार विधानमा व्यवस्था गरिएको छ। स्थायी समितिलाई केन्द्रीय कमिटी र पोलिटब्युरोका बैठकबीचको अवधिमा राजनीतिक तथा संगठनात्मक निर्णय गर्ने, आफूले गरेका आवश्यक निर्णय तथा कामहरू अनुमोदनका निम्ति पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने, केन्द्रीय कमिटी र पोलिटब्युरोले तोकेका अन्य काम गर्ने, आवश्यक विषयमा पार्टीको नीति तथा दृष्टिकोण तय गर्ने र स्थायी कमिटीका निर्णयहरू अनुमोदन गर्ने तथा केन्द्रीय कमिटी र पोलिटब्युरोप्रति उत्तरदायी हुने गरी अधिकार तय गरिएको छ।
केन्द्रीय समितिलाई भने आफूमध्येबाटै पोलिटब्युरो र स्थायी कमिटीको निर्वाचन गर्ने, आवश्यक विषयमा पार्टीको दृष्टिकोण तथा नीति तय गर्ने र पार्टीका नीति निर्णयहरू कार्यान्वयन गर्ने गराउने, केन्द्रीय पार्टी स्कुलिङ सञ्चालन गर्ने, पार्टीका दस्तावेजहरू, केन्द्रीय मुखपत्र र अन्य आवश्यक सामग्रीको सम्पादन तथा प्रकाशन गर्ने, केन्द्रीय समिति, पोलिटब्युरो तथा स्थायी कमिटीका निर्णयअनुरूप अन्तरपार्टी निर्देशन जारी गर्ने, सम्पूर्ण पार्टी सदस्य, मातहत कमिटीहरू र पार्टीबाट सरकार, संसद् तथा विभिन्न राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरूलाई लेभी एवं शुल्क तोक्ने र आर्थिक कोष निर्माण एवं परिचालन गर्नेजस्ता अधिकार तय गरिएको छ। आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
- 7 minutes ago

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको छ ।
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 49 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 1 hour ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।