सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष !

Global IME
Norvic Hospital

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीले सरकारको कामले जनस्तरमा राम्रो प्रभाव परेको निष्कर्ष निकालेको छ । पार्टी एकता प्रक्रियाले जनस्तरमा सकारात्मक प्रभाव पर्नुको साथै सरकारको कामले जनस्तरमा नयाँ आशा जगाएको निष्कर्ष निकालेको हो ।

 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा शनिवार बसेको पहिलो स्थायी कमिटीको बैठकले सरकारको कामलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने पनि निर्णय गरेको छ ।

 

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टी एकतालाई अझ सुदृढ र फलदायी बनाउन दुबै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान र निर्देशन गर्नुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

 

बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको छ । सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निष्कर्ष निकाल्दै बैठकले थप विषयमा आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरुमा पार्टी पंक्तिलाई परिचालन हुन आह्वान गर्ने निर्णय गरेको छ । अाजकाे नेपाल समाचारपत्रबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 1 hour ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।