दुई अध्यक्षले कसरी बैठकको अध्यक्षता गर्ने भन्नेमा नेकपाको नीतिगत अन्योल
- शुक्रबार, २२ आषाढ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । नेकपामा दुई अध्यक्षको अधिकार क्षेत्र बराबर हुने व्यवस्था छ। तर अहिलेसम्म त्यसको कार्यविधि टुंगो नलाग्दा बैठकको अध्यक्षता आलोपालो हुन सकेको छैन।
पार्टी एकीकरणको सहमतिदेखि पार्टी विधानमा समेत आगामी एकताको महाधिवेशनसम्म दुई अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने र अध्यक्षता गर्ने अध्यक्षको वरियता पहिलो हुने उल्लेख छ। तर नेकपामा अहिलेसम्म यो विधिको औपचारिक प्रयोग भने भएको छैन।
अहिलेसम्म नेकपाको केन्द्रीय समितिको दुई पटक, स्थायी समितिको (बिहीबार बस्ने समेत गरी दुई पटक) एक पटक र सचिवालयको बैठक तीन पटक बसिसकेको छ। अहिलेसम्म पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले मात्र बैठकको अध्यक्षता गरिरहेका छन्। दुई अध्यक्षले के–कसरी बैठकको अध्यक्षता गर्ने नेकपाको नीतिगत अन्योलले अहिलेसम्म बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले मात्र गरिरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘पार्टीको विधान, नियमावली कार्यान्वयनमा लाने चरणबाट सुरु गर्ने वा त्यस अगाडि नै पनि गर्ने नीतिगत निर्णय भइसकेको छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘यो कसरी मिलाउने भन्नेमा हामीले अझै निर्णय लिइसकेका छैनौं।’
नेकपामा प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल दुवै जना अध्यक्ष रहने व्यवस्था छ। दुई अध्यक्षमध्ये दाहालले अहिलेसम्म बैठकको अध्यक्षता गरेका छैनन्। बरु वरिष्ठ नेता माधव नेपालले एउटा सचिवालय बैठकको अध्यक्षता गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री ओली चीन भ्रमणमा र अर्का अध्यक्ष दाहाल सिंगापुरमा रहेका बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नेता नेपालले एउटा सचिवालय बैठकको अध्यक्षता गरेका हुन्। ७ असारमा पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकमा नेता नेपालले अध्यक्षता गरेका थिए। बैठकमा सचिवालयका ९ मध्ये तीन सदस्य अनुपस्थित थिए। अध्यक्षद्वय ओली र दाहाल तथा अर्का सदस्य रामबहादुर थापा देशबाहिर रहेका बेला नेता नेपालले ६ जना सचिवालय सदस्यको उपस्थितिमा बैठकको अध्यक्षता गरेका थिए। आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 3 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 27 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 1 hour ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।