काल नआउदाँसम्म पदमा रम्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ

Norvic Hospital

शासन व्यवस्था आफैमा साध्य होईन, साधन मात्र हो । जुन कुरा पुष्टि समेत भईसकेको  छ । यो सिद्धान्त सबैमा लागु हुन्छ, नेपालको सन्र्दभमा पनि लागु भईसकेको छ । राजनीति आफैमा पूर्ण हुदैन । नीतिको प्रधान राजनीति हो, तर यसको सफल कार्यन्वयनले मात्र राजनीतिको वास्तविक अर्थ पुरा हुन्छ । लामो राजनैतिक आन्दोलन र त्यसले प्राप्त गरेको संघिय गणतन्त्रमा हामी प्रवेश गरिरहदाँ जनता सामु प्रश्न चिन्ह खडा भएको छ त्यो हो, शासन व्यवस्थाले मात्र आम जनताको परिवर्तन गराउन सक्दछ र ? राजनैतिक नेतृत्वलाई यो विषय समान्य भएता पनि आम नागरिकलाई भने पेचिलो प्रश्न खडा गरेको छ ।

 

अहिले नेकपामा एउटा जंगलमा दुई शेर बस्न सक्दैन भनेझै भएको छ । त्यहि आत्माघाती सोच नै नेकपाका लागी घातक बनिदियो । नेकपाको स्थायी कमिटी बैठक देशमा भएको कोरोना नियन्त्रणका लागि छलफल हुन सकेन, देशको राष्ट्रियता बनेन, जनजीविकाको सवाल बनेन, बन्यो त केवल सत्ता र शक्तिका लागी विवाद । जनता र राष्ट्रिय तथा अन्र्तराष्टिय स्तरमा चासोको विषय बनेको नेकपाको स्थायी कमिटीको बैठक कुर्सीमा समानता र शक्ति आर्जनका लागि युद्ध गर्ने मैदान बनिदियो । नेकपाका नेताहरुको यहि खुद्रे रवैयाले आम जनतामा कस्तो प्रभाव पारयो होला, नेकपाका नेतागणहरुले कदापी सोच्न सकेको पाईदैन । आम जनता के चाहन्छन, हैन, नेता के चाहन्छ भन्ने पुष्टि गरिदियो । देश र जनताको आवश्यकता के हो, आफुलाई कथित राष्टवादी सोच्ने नेतागणले कदापी सोच्न सकेन, सोच त रहयो केवल आफनो भूमिका कहाँ ? यहि नेतृत्व र नेताको सोचमा हामी हुकाँर पिट्दै देवत्वकरणमा लिप्त बनिरहेका छौ । 

 

नेकपा भित्रको अबको निकास के ? अव यो भन्दा बाहिर गएर सोच्ने हो भने देशले कहिल्यै स्थायित्व प्राप्त गर्न सक्दैन । लामो समयसम्म आन्दोलन र जेलनेल भोगेका नेताहरु सधै सत्ता र शक्तिको चंगुलमा फस्दा देश सधै वन्धक बनिदियो । यहि फेरिफेरिमा नै अब नेकपाको बैठक केन्द्रित हुन जरुरी हुन आउँछ । ईतिहासमा नेताहरुले गरेको योगदान विगतमा नेताहरुले पटक–पटक अवसर र राजकिय सत्ता र शक्ति लिएर लिईसकेका छन् । अवसर पनि सदैव प्राप्त गर्ने वस्तु होईन । योगदानको कदर स्वरुप नेकपा भित्रका पहिलो पुस्ताका नेताहरु पटक पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री बनिसकेका छन् । त्यहि नै अवको पहिलो पुस्तालाई न्याय हो । योगदानको उचित मुल्यांकन हुनुपर्दछ, तर त्यसो भन्दैमा काल नआउदाँसम्म पदमा रम्नेलाई मात्र न्याय सम्झने हो भने त्यो देश र जनताका लागी धोका शिवाय केहि हुन सक्दैन । त्यो लोकतन्त्र कदापी हुन सक्दैन । 

 

स्थापनाकाल देखि नै पार्टी अध्यक्षमा रहेको प्रचण्ड, लामो समयसम्म पार्टीको नेतृत्व गरेको माधव नेपाल, झलनाथ खनाल, वर्तमान अध्यक्ष ओली राज्यसत्तामा बसेर देश संचालन गरिसकेका छन् । अझै पनि यिनीहरु एकअर्काको त्यागको आशा गर्नु भनेको आफुमात्र सर्वेसर्वा भन्ने सोच शिवाय अन्य होईन । यहि सोचका बिचमा भएको नेकपाको अन्तरकलहको दीर्घकालिन समाधान भनेको अव यी नेताहरुले अभिभावक बनेर दोश्रो पुस्तामा नेतृत्व र पार्टी हस्तान्तरण र्ने अवको समाधान हो । नत्र त्याग र योगदानका नाममा सधै आफु मात्र सवल सोच्ने हो भने अहिले ओलीको राजीनामाले केहि समयका लागि राहत दिएता पनि यो दीर्घकालिन समाधान हुन सक्दैन । किनकी जव एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्दैन, सत्ता र शक्तिका लागी लडाई भई रहन्छ । नेकपा भित्रको अवको समस्या समाधान गर्नु भनेको युवा पुस्तामा नेतृत्व र सरकारको हस्तान्तरण नै हो । नत्र ओलीको ठाँउमा प्रचण्ड अथवा माधव नेपाल अध्यक्ष वा प्रधानमन्त्री वन्दैमा निकास हुन्छ भन्ने सोच्नु भनेको आफै नै सर्वेसर्वा हो भन्ने मिथ्या सोच शिवाय अन्य केहि हुदैन । 

 

योगदान, त्याग र अनुभवलाई शेयर गर्दे अव ओली, माधव, प्रचण्ड र झलनाथ अव अभिभावक बन्नुको विकल्प छैन । किनकी यिनीहरुको उपादेयिता सकिसकेको छ । अव पनि पद र शक्ति मा आसिन हुन्छ भन्नु देश र जनतालाई वन्धक वनाउनु शिवाय अन्य केहि हुदैन । किनकी यी व्यक्तिहरु पटक पटक जनताको सामु जोखिईसकेका छन् र यिनीहरुको योग्यता, क्षमता र कार्यकुशलता जनताले नजिकवाट नियाली सकेका छन् । लोकतन्त्रमा व्यक्ति होईन, पार्टी सर्वेसर्वा हुन्छ, पार्टीको निर्णय नै मान्य हुनुपर्दछ । तर बहुमत र अल्पमतका नाममा कोही व्यक्ति हावी हुनु खोज्नु भनेको अव उसको अस्तित्व समाप्त हुदैछ भन्नु हो । अत बहुमत देश र जनताका लागी हुनुपर्नेमा नेपालको राजनीतिमा शक्ति र सत्ताका लागि बनिदियो । यो भन्दा अभिसाप अरु के हुन सक्दछ ? जीवनका लागि सिद्धान्त हुनपर्नेमा शक्ति र सत्ताका लागि विधि, विधान को परिभाषा, यो भन्दा जनताका लागी धोका के हुन सक्दछ ?

 

सिद्धान्त र वैचारिक विषयमा समानता तर के का लागि अन्तरकलह ? पार्टीको विचार र सिद्धान्तमा छलफल गरौं । पार्टीको मार्गदर्शन तय गरौ, कार्यतालिका तय गरौ र महाधिवेशनबाट नयाँ नेतृत्वको चयन गरौं, त्यहि नेतृत्वले नै नेकपाका सबै समस्यालाई समाधान गर्न सक्दछ । नत्र ओलीको स्थानमा माधव नेपाल अथवा प्रचण्ड स्थानान्तरण हुँदैमा नेकपाको विवाद समाधान होईन, झन बढ्नेमा शंका छैन । अत अहिले ओलीलाई हटाएर राज गर्ने कसैले सोचेका छन् भने त्यो त्यसको दिवासपना शिवाय अन्य केहि हुँदैन । प्रधानमन्त्री र अध्यक्षबाट जर्वजस्ती हट्नु परेपछि ओलीले के माधव वा प्रचण्डलाई सजिलै काम गर्न देलान र ? ओलीले त्यसको बदला लिन पद र कुर्सी छाडेको भोलिपल्ट देखि नै हिसाव किताव गर्ने थाल्नेछ । ओलीको त्यो हिसाव किताबले माधव, झलनाथ र प्रचण्डको राजनीतिक जीवनमा साह्रै महँङ्गो पर्न सक्छ । 

 

अतः नेकपा देश र जनताका लागी काम गर्ने पार्टी हो भनेर जनजनमा बस्नका लागि अवको विकल्प भनेको ओली, माधव, प्रचण्ड र झलनाथ कार्यकारी पदमा नबसी पार्टीको सल्लाहाकार र अभिभावक बनेर दोस्रो  पुस्तामा पार्टी र र सरकारको नेतृत्व हस्तान्तरण नै अहिलेको आवश्यकता हो । यो सब बुझेर पनि बुझ्ने प्रयत्न नगरि सत्ता र शक्तिमा ध्यान केन्द्रित गर्ने हो भने जनताले सधै काँध थाप्न सक्दैन । त्यो थाप्न नसकेको जनताको काँधबाट पछारिएको नेताहरु कहिल्यै उठ्न सक्दैन । अतः केहि समयसम्म ओलीको निरन्तरता र महाधिवेशन अथवा सहमतिवाट नै दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण नै नेकपाका लागि दीर्घकालिन समाधान हुन सक्दछ । के पहिलो पुस्ताले देश र जनताका लागि यो त्याग गर्न सक्लान् ? देश र जनताप्रतिको जिम्मेवारिता अब देखाउने बेला भएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

  • 15 minutes ago
सार्वजनिक यातायातको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ । बाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज सोमबारबाट बाग्मतीमा चल्ने सवारीहरुको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको हो।

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 24 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 41 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।