नेकपा अध्यक्षद्वयलाई केन्द्रीय समिति सदस्य मल्लको यस्तो सुझाव

Norvic Hospital

अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा वोली र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड दुबै अध्यक्षको तर्फबाट हाम्रो गौरवशाली पार्टीको केन्द्रीय कमिटिको बैठकमा अध्यक्षद्वयको तर्फबाट क. प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव क. विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संसोधन समेत दुबै प्रस्तावहरुलाई थप परिमार्जन तथा समृद्ध गर्नको लागि केही सुझावहरु पेशगरेको छु ।

 

१. उपरोक्त सम्बन्धमा तत्कालिन एमाले र माओवादी केन्द्र वीच चुनावी कार्यगत एकता गरी अध्यक्ष क. के.पी. शर्मा वोली र अध्यक्ष क. प्रचण्डले क. मदन भण्डारी र क. जीवराज आश्रित प्रति सम्मान प्रकट गर्दै ०७५ जेष्ठ ०३ गतेका दिन गरिएको पार्टी एकता असाधारण, ऐतिहासिक निर्णय गरी विभाजित कम्युनिष्ट पार्टीलाई एकता वद्ध गर्नूभएकोमा दुबै अध्यक्ष प्रति धन्यवाद, साथै सचिवालय तथा स्थायी कमिटि र केन्द्रीय सदस्य लगायत सिङ्गो पार्टी पंक्ति र जनसमुदायलाई धन्यवाद दिन चाहान्छु ।

 

२. राजनीतिक प्रतिवेदनमा भूमिका र ६ वटा शिर्षकहरुमा पार्टी एकता देखि अहिलेसम्मको उपलब्धीहरु र सिमा कमजोरीहरुलाई संक्षिप्तमा वर्तमान पार्टी एकताको मूल भावनालाई समेटर प्रतिवेदन आएको हुँदा यस राजनीतिक प्रतिवेदनलाई मूल रुपमा समर्थन गर्दछु र यस प्रतिवेदनले आगामी पार्टीको राजनीतिक कार्यभारलाई पनि समेटर दिशा निर्देश गरेको छ । माक्र्सवादी दृष्टिकोणबाट प्रयोग र विकासको हाम्रो आफ्नै प्रयोगको अनूभवबाट र शिक्षाको दृष्टिकोणबाट पून अध्ययन (Review) अनुसन्धान (Research) गरी वैचारिक दृष्टिकोणबाट पूर्नताजगी (Refresh) प्राप्त गर्न यस केन्द्रीय कमिटिको बैठमा छलफलको लागी तपशीलका बुँदाहरु पेश गरेको छु ।

 

क. Indo-Pacific Strategic सम्बन्धमा स्थायी कमिटिको बैठकमा गम्भीर झलफल भए पछि पनि पार्टी भित्र र देश भित्रका प्रतिपक्ष नेकाले पनि MCC को अनुदान सदनबाट पारित गर्नु जुन कुरा गरिरहेको छ यसले देशलाई भविश्यमा अफगानिस्तान बनाउने वा युद्ध मैदानमा परिणत हुने खतरा देखिन्छ । तसर्थ यो MCC पंचशीलको भावना विपरित रहेकोल MCC को अनुदानलाई अस्वीकार गर्नुपर्दछ ।

 

ख. शिर्षक (२) राष्ट्रिय परिस्थितिका सम्बन्धमा
– हाम्रो पार्टी एतिखेर संघीय तीन तहको सरकारमा निर्वाचनको माध्यामबाट समाजवाद उन्मुख जनताको जनवाद हुँदै समाजवाद साम्यवादमा जाने आवधिक निर्वाचनको प्रक्रिया अवलम्बन गरेको हुँदा ‘इतिहासको निर्माता जनता हुन्’ लाई संगठित नगरी प्रतिक्रिया वादीहरुलाई विल्कुल परास्त गर्न सकिन्न । वर्ग राजनीतिक विश्लेषणलाई संश्लेषीत गर्दा वर्ग राजनीतिक शक्ति सन्तुलन र संगठित सक्तिको लागि हाम्रो पार्टीको लागि आधारभूत वर्ग मुख्य त ४ वर्गमा संकेन्द्रीत गर्दा उपयुक्त हुने देखिन्छ । उच्च धनाढ्य वर्ग, मध्यम वर्ग, निम्न मध्यम वर्ग र श्रमिक तथा किशान वर्ग उपस्थित छ । वर्तमान अर्थ राजनीतिक को राज्य प्रणाली राजनीति प्रणालीमा यी चार वर्गहरुमा पनि यथास्थितिमा र समाजवादमा विभाजित भएका छन् । श्रमिक तथा किसन जनसमुदाय नै सामाजिक क्रान्तिको लागि आधारभूत रुपले अग्रगमन शक्ति हुन् । सर्वहारा वर्गको हाम्रो पार्टी यही कित्ताका अग्र सचेतक र पहलकर्ता हुन्, त्यो भन्दा भिन्न होइन । यस दृष्टिले रणनीतिक लक्ष साम्यवाद र आधारभूत समाजवादी कार्यक्रमको रणनीति अनुसार यी चार वर्ग शक्तिको अग्रगामी हिस्सालाई समाजवादी हिस्सामा ल्याउन कोशिष गर्नु पर्दछ । किनकी, यी चारै हिस्सा अन्य दलमा विभाजित भएका अग्रगामी हिस्सालाई समाजवादी धुर्वको पक्षमा कित्ता बन्दी गर्नु वर्तमान अवस्थामा चुनौतिपूर्ण नै छ ।

 

  • मध्यम वर्ग लक्षीत अर्थ राजनीतिक प्रतिस्पर्धाको व्यवस्था गर्दै समाजवादी कार्यक्रम सफल पार्न चुनौतिपूर्ण नै छ ।
  • पूँजीवादको भूमण्डलीकरण र पूँजीको साम्राज्यको समय सन्दर्भमा राष्ट्रिय पूँजीपति वर्गको अवधारणा, अस्तित्व र औचित्यबारे प्रस्न उठेका छन् भने समाजवादी कार्यक्रममा पूँजीपति वर्ग जसको राज्य प्रणाली (तीन अंग), राजनीतिक प्रणाली (दलहरु)मा प्रभाव, पहुँच एवम् एकाधिकार कायम गरेकाछन् । वा त्यसका स्वार्थलाई पूरा गरिदिएकाछन् । तिनको भूमिकालाई समाजवादको अनुकूल बनाउन ठूलो कशरत गर्नुपर्दछ । अवको अवस्थामा राष्ट्रिय पूँजीवादी शक्तिको भूमिकाबाट होइन, समाजवादी अर्थ राजनीति व्यवस्था, राष्ट्रिय आत्र्म निर्भर र अन्र्तनिर्भर अर्थतन्त्र निर्माणका लागी मध्यम वर्ग, निम्न मध्यम वर्ग, श्रमिक तथा किशान जन वर्ग समुदायहुन् । जसलाई राष्ट्रिय पूँजीपतिको कोटीमा राखेर हुँदैन, तिनलाई देशभक्त राष्ट्रिय उद्योगी व्यवसायीको रुपमा परिभाषित गरिनु पर्दछ ।

ग. पूँजीवादी राज्य सत्ता (State Authority राज्य प्रणाली (तीन अंग) अन्र्तगत बहुदलीय व्यवस्थामा आवधिक निर्वाचनको नाममा जनताबाट भोट लिएर पूजीवादी वर्गले जनताको नाममा वा सार्वभौमिकता (Sovereignity) अर्थात सर्वोच्व शक्ति प्रयोग गर्दै आईरहेको कुरा स्मरण नै छ । जनताको काम निर्वाचनमा मतदान गर्नु वाहेक अर्को कुनै अधिकार नरहेको कुरा स्मरण नै छ । जनताको तर्फबाट तीनै तह (संघीय, प्रदेश र स्थानीय)को राज्य प्रणाली (तीन अंग) शक्ति पृथकीकरणको सिद्धान्त (Theory of separation of power) र शक्ति सन्तुलनको सिद्धान्त (Check and balance theory) लाई प्रयोग गर्दै आईरहेको कुरा स्मरण भएको नै विषय हो ।

 

  • पूँजीवादी राज्य सत्ताको शासकीय स्वरुपमा संसदीय बहुदलीय व्यवस्था, राष्ट्रपती प्रणाली, संवैधानिक राजतन्त्र तथा बहुदलीय व्यवस्था, निरंकुश राजतन्त्र, शैनिक शासन, धार्मिक शासन आदी विभिन्न देशमा प्रचलित छन् ।

 

घ. “राज्य” समाज पर उपर से थोपि गई “संस्था” से बदल कर “पूर्णःत” समाजको अधिन “संस्था” बन जायगा । -कार्ल माक्र्स (The Critic of the programme)

 

एंगेल्सले माक्र्सको बारेमा भनेको भनाई -“माक्र्सवाद वो नही है, जो माक्र्सको उदघृत करता हैं, या मुझे उदघृत करता हैं, असली माक्र्सवाद उसका हैं–जो माक्र्स नें आप्की जगह पर सोचा होता । मै बार बार कहता हुँकी जो माक्र्स ने आप्की जगह पर सोचा होता, वोही माक्र्सवादी हैं, तो कोशिष त करो । (पुँजीका संकट औं माक्र्सवादी चुनौती, सम्पादक कृष्ण सिंह २०१४ पहिलो संस्करणबाट)
कार्लमाक्र्स – “माक्र्सवाद कोयी बन्द सिस्टम नही हैं, यह खुल्ला सिस्टम हैं ।”

 

कार्लमाक्र्स “माक्र्सको निम्ति जुन कुराको महत्व छ, त्यो हो – जुन परिघटनाहरुको छानविनमा उनी कुनै बेला लागेका थिए, त्यसका नियमहरुको पत्ता लगाउनु । अनी, उनको लागि केवल त्यही नियमको मात्र महत्व हुँदैन, जसद्वारा ती परिघटनाहरुको त्यो हदसम्म नियमन हुन्छ, जुनहदसम्म त्यसको निश्चित चरित्र हुन्छ, तथा जुन हदसम्म तिनीहरु वीच विशेष ऐतिहासिक कालखण्ड भित्र पारस्परिक सम्बन्ध हुन्छ । माक्र्सका लागि त्यो भन्दा पनि बढि तिनको परिवर्तन, तिनको विकास अर्थात् तिनको एकरुपबाट अर्को रुपमा रुपान्तरणका सम्बन्धहरुको एउटा क्रमबाट अर्को क्रममा परिवर्तन हुने नियम महत्वपूर्ण हुन्छ, त्यो नियम पत्ता लगाइएपछि उनको सविस्तार त्यो नियम सामाजिक जीवनमा कुन–कुन रुपमा प्रकट हुन्छ भन्नेकुराको जाँच गर्दछन् ….परिणाम स्वरुप माक्र्सलाई केवल एउटै कुराको मात्र चिन्ता रहन्छ, त्यो हो बैज्ञानिक परिक्षणद्वारा एक पछि अर्को आउने सामाजिक परिस्थितिका निश्चित व्यवस्थाहरुको आवश्यकता सिद्ध गरेर देखाईदिनु तथा बढि भन्दा बढि निश्चित भावबाट ती तथ्यहरुको स्थापना गर्नु, जसले माक्र्सका लागि आधारभूत प्रस्तान विन्दुको काम गर्दथे । यदी, त्यसले वर्तमान व्यवस्थाको आवश्यकता समेत सिद्ध गरिदिन्छ भने उनका लागि त्यतिमात्र प्रर्याप्त हुन्छ । अनी मानिसहरुले विश्वास गरुन् वा नगरुन तथा त्यसका विषयमा उनीहरु सजग होउन वा नहोउन, त्यो परिवर्तन हर हालतमा हुन्छ । माक्र्सले सामाजिक प्रगतीलाई प्राकृतिक एतिहासको एउटा प्रक्रियाको रुपमा पेश गर्दछन्, जुन केवल मानिसको इच्छा, चेतना र ठम्याई भन्दा स्वतन्त्र मात्र नभएर त्यसको विपरित स्वयम् उनै त्यो इच्छा, चेतना र ठम्याईलाई निर्धारित गर्ने नियमानुसार चल्ने गर्दछ ।….. सवैभन्दा महत्वपूर्ण कुरा एक पछि अर्को अगाडि आउने जुन रुपमा त्यस प्रकारको विकासका बेग्ला बेग्लै चरणहरु प्रकट हुन्छन्, तिनका अवस्थाहरु, अनुक्रमहरु, र सृङ्खलाहरुका क्रमको विश्लेषण गर्नु हो ।” – पूँजी (खण्ड–१)

 

लेनन् -“सर्वहारा वर्गमा पूर्ण केन्द्रीकरण र कठोरतम् अनुशासन हुनु पूँजीपति वर्गमाथी विजय पाउनको लागि एक आधारभूत शर्त हो । सर्वहारा वर्गको क्रान्तिकारी पार्टीमा कसरी अनुशासन कायम राखिन्छ र जाँचिन्छ ?र कसरी अनुशासनलाई दरिलो पारिन्छ ? पहिलो सर्वहारा वर्गको अग्र दलको वर्ग चेतनाबाट र क्रान्ति प्रति उसको निष्ठा दृढता आत्म बलिदान र बीरताबाट । दोस्रो, व्यापक श्रमिक जनसमुदायसँग पहिलो त सर्वहारा वर्गसँग, त्यस्तै किसिमले गैह्र सर्वहारा श्रमिक जनसमुदायहरुसँग, अनी एकाकार हुने समेत क्षमताबाट, तेस्रो अग्रदलले दिएको राजनैतिक नेतृत्वको सहीपनद्वारा, राजनीतिक रणनीति र कार्यनीतिको सहीपनद्वारा तर एक सर्तमा आम जनताले आफ्नै अनुभवबाट । यो रणनीति र कार्यनीति ठिक छ भन्ने बुझेको हुनुपर्छ ।”

 

(ङ) I. पार्टी एकता सुदृढ गर्ने सम्बन्धको शिर्षक ३ मा नयाँ राजनीतिक सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सृजनात्मक अध्ययनमा जोड गर्न तथा पार्टीको रणनैतिक लक्ष्य साम्यवाद र आधारभूत कार्यक्रम समाजवाद हो । र तत्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद सन्दर्भमा वर्तमान परिस्थितिमा हाम्रो पार्टीको स्थान (space) र समय (Time) अनुसारको पार्टीको रणनीति, कार्यदिशा, कार्यनीतिमा थप विकास गर्न जरुरी छ ।

 

II. माक्र्सको पूँजीवादी राज्य सत्ताको विकल्प समाजवादी राज्य सत्ताको सन्दर्भमा पूँजीको खण्ड झै एउटा अलग्गै खण्ड लेख्ने योजना अधुरो रह्यो । तसर्थ माक्र्सले विभिन्न सन्दर्भमा राज्य बारेमा लेखेका भनाईहरुलाई माक्र्सवादीहरुले उधृत गर्दै आईरहेकाछन् । एंगेल्सको राज्य बारेमा लेनिनको सन् १९१७ को राज्य र क्रान्ति पुस्तक, ग्राम्सीको सन् १९२६–३६को अवधिमा लेखिएको राज्यको बारेको पुस्तक त्यस पछि क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुले पूँजीवादी राज्य सत्ताको विकल्पमा समाजवादी राज्य सत्ताको सन्दर्भमा बदलिएको परिस्थितिमा समाजवादी राज्य सत्ताका स्वरुप र भूमिकाका बारेमा विस्तृत पुस्तक लेखिएको पाईदैन ।

 

III. माक्र्स, एंगेल्स, लेनिन, माओ लगायत अन्य समाजवादी देशमा भएको प्रयोग र विकासबाट सकरात्मक र नकरात्मक दुवै कोणबाट शिक्षा लिदै वर्तमान स्थितिमा माक्र्सवादको विकासमा मूख्य चुनौति बैचारिक गत्यावरोध नै हो । विचारमा व्यक्त हुने गतिरोध वैचारिक विकासको क्रमभंग तरिकाले मात्र सम्भव हुन्छ । माक्र्सवादको आविस्कार, प्रयोग र विकास जहाँ र जहिलेबाट भयो निश्चय पनि ऐतिहासिक विकासका चुनौतिहरुको विजारोपण त्यहीबाट शुरु भएको हुनसक्छ । यसकारण माक्र्सवादको विकासका चुनौतिहरु पत्ता लगाउन परम्परागत रुपको साश्त्रीय अध्ययनको शैलीले होइन माक्र्सवादको प्रयोग र विकासको हाम्रो आफ्नै प्रयोगात्मक अनुभव र शिक्षाको दृष्टिकोणबाट पून अध्ययन (Review) अनुसन्धान (Research) गरी वैचारिक दृष्टिकोणबाट पूर्नताजगी (Refresh) गर्नु पर्दछ ।

 

IV. प्रतिवेदनको पेज १४ ख. को तेस्रो हरफमा राजनैतिक लक्ष्य साम्यवाद थप्नु पर्दछ ।

 

V. माक्र्सवादको वर्तमान चुनौति बैचारिक गत्यावरोध हो यसको सामधान तथा सामाना गर्न सवैभन्दा प्राथमकि कार्य वैचारिक समस्याको पून अध्ययन(Review) गर्नु हो । वैचारिक स्वतन्त्रताको प्रयोगबाट माक्र्सवादको प्रयोग र विकासका समग्र अनुभव र शिक्षाको पून अध्ययन (Research) अनुसन्धान (Refresh) को लागि उपयुक्त विषय सामाग्री छनौट गर्नु उपयुक्त हुन्छ । जसमध्ये माक्र्सवाद लेनिनवाद र जनताको जनवाद मार्गनिर्देशक शिद्धान्तको अवधारणा वैचारिक स्वतन्त्रता र प्रतिवद्धता, सर्वहारा वर्गको अग्रदस्ता जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, कम्युनिष्ट पार्टीको निर्मण तथा संचालन प्रणाली पूँजीवादी राज्य सत्ताको स्वरुप भूमिका राज्य प्रणाली, राजनीतिक प्रणाली र जनसमाज विकल्प माक्र्सवादी राज्य सत्ताको स्वरुप भूमिका पूँजीवादी अधिनायकत्व, सर्वहारा वर्गको अधिनायकत्व, बैज्ञानिक समाजवादको प्रयोग र विकास, समाजवादी राज्य प्रणाली, राजनीतिक प्रणाली, पूँजी, जनसमाज र सूचना संचार, विज्ञान र प्रविधिको विकासको चौथो चरण लगायत अध्ययन चिन्तनको जागरण, सृजना गर्नु प्राथमिक र तत्कालको पार्टीको कार्यभार बन्न जरुरी छ ।

 

VI. पूँजीवादी राज्य सत्ता (State Authority) को सन्दर्भमा माथी (ग) मा उल्लेख गरिएको अनुसार नेपालको संविधान २०७२ अनुसार संघीय राज्य सत्ताको राज्य प्रणाली (तीन अंग)ले सार्वभौमिकता (Sovereignty) अर्थात सर्वोच्व शक्ति र शक्ति पृथकीकरणको सिद्धान्त (Theory of separation of power) र शक्ति सन्तुलनको सिद्धान्तको आधारमा हाम्रो पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के.पी. वोलीको नेतृत्वमा संघीय सरकार र ६ वटा प्रदेशमा हाम्रो पार्टीका नेताहरुको नेतृत्वमा मुख्य मन्त्रीको सरकार, गाउँ र नगरपालिकाका बहुमत ठाउँमा सरकार संचालन भईरहेको कुरा स्मरण नै छ । वर्तमान नेपालको संविधान २०७२ को संघीय, प्रदेश र स्थानीय तहको माध्यामबाट नेपालको विशेषतामा हाम्रो पार्टीको रणनैतिक लक्ष्य साम्यवाद र आधारभूत कार्यक्रम समाजवाद हो । तथा तत्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवादलाई प्रयोग र विकास गर्दै नयाँ खोज र अनुसन्धान गरी बैचारिक रुपले सिंगो पार्टी र आम जनतालाई पूर्नताजगीकरण गर्नु नितान्तै खाँचो छ ।

 

VII. वर्तमान नेपालको संविधान अनुसार पूँजीवादी राज्य सत्ताको संघीय राज्य प्रणाली (तीन अंग) राज्य सत्ताको सार्वभौमिकता (Sovereignty) अर्थात सर्वोच्व शक्तिलाई एउटै व्यक्तिको हातमा शक्ति केन्द्रीकरण गर्न नहुने शक्ति पृथकीकरणको सिद्धान्त तथा शक्ति विभाजनको लागि शक्ति सन्तुलनको शिद्धान्तको विकल्प हाम्रो पार्टी तत्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवादको प्रयोग र विकास गर्न नेपालको संविधान २०७२ अनुसार राज्य प्रणाली (तीन अंग), संघीय, प्रदेश र स्थानीय तहमा संघीय राज्य सत्ताको सार्वभौकिता (Sovereignty) अर्थात सर्वोच्व शक्तिको ठाउँमा माक्र्सवादी राज्यसत्ता अर्थात् नेपालको विशेषताको समाजवादी राज्यसत्तामा तत्कालको लागि जनताको जनवाद (People’s Democratic) अर्थात् सर्वोच्व शक्ति नयाँ नामाकरण गर्न उपयुक्त हुन्छ ।

 

हाम्रो सन्दर्भमा पूँजीवादी संघीय राज्य सत्ता अन्र्तगतको पहिलो संघीय राज्य प्रणाली (तिन अंग–तीन तह) दोस्रो राजनीतिक प्रणाली अन्र्तगत दलहरु, सूचना संचार, जनता आदी पर्दछन् । तेस्रो जनसमाज (Mass Society or Civil Society) अर्थात् जनता अर्थात् नागरिक समाज ।
राज्य प्रणाली तीन अंगको एउटै व्यक्तिमा अधिकार दिन नहुने शक्ति पृथकीकरणको सिद्धान्तको सट्टा समाजवादी राज्य सत्ताको राज्य प्रणाली (तीन अंग) मा शक्ति पुरकीकरणको सिद्धान (Theory of supplement of power) अवलम्बन गर्ने, शक्ति सन्तुलनको सिद्धान्तको सट्टा समाजवादी राज्य प्रणाली (तीन अंग)मा शक्ति सन्तुलनको लागि निरिक्षण तथा नियन्त्रणको सिद्धान्त (Supervision and Control) अवलम्बन गर्न उपयुक्त देखिन्छ । हाम्रो सन्दर्भमा समाजवादी राज्य सत्ताको पहिलो राज्य प्रणाली (तीन अंग), दोस्रो राजनीतिक प्रणाली (दलहरु), तेस्रो जनसमाज वा नागरिक समाज (Mass Society or Civil Society) स्थानीय तह (गाउँ, नगर), प्रदेश, संघीय तहमा जनसमाजको संरचना गठन गर्नुपर्दछ । त्यसपछि पहिलो राज्य पणाली (तीन अंग), दोस्रो राजनीतिक दलहरु तेस्रो जनसमाजबाट समानुपातिक रुपबाट राज्य प्रणाली, दलहरु जनसमाजबाट नयाँ संरचनाको गठन गरी पृथकीकरणको सिद्धान्तको ठाउँमा पुरकीकरणको सिद्धान्त, शक्ति सन्तुलनको ठाउँमा निरिक्षण, नियन्त्रणको विशेष संरचना गठन गर्न उपयुक्त देखिन्छ । यी तिनवटा (राज्य प्रणाली, राजनीति पुष्पविक्रम मल्ल (सिंह) क दल र जनसमाज)बाट समानूपातिक सदस्यको प्रतिनिधित्व गरी नयाँ संवैधानिक सर्वोच्व शक्ति अर्थात् जनताको जनवाद (People’s Democratic) को शक्ति पुरकीकरणको सिद्धान्त तथा शक्ति सन्तुलनको निरिक्षण तथा नियन्त्रण सिद्धान्त प्रयोग गर्नको लागि तीन तह (संघीय, प्रदेश र स्थानीय) मा नयाँ संरचना खडा गर्नु उपयुक्त देखिन्छ । किनकी, आफ्नो तहको, राज्य प्रणाली तीन अंगबाट भएको कामकारवाहीबाट जनतामाथी भएको विभेद अन्याय तथा गुनासोको सत्य, तथ्यको आधारबाट अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्व शक्तिको एउटा विशेष संरचना गठन गर्नुपर्दछ । त्यही सर्वोच्व शक्तिको प्रयोग गर्ने संरचनामा राज्य प्रणाली, राजनीतिक दल, जनसमाजबाट प्रतिनिधित्व गरी विशेष संरचना जनताको जनवाद प्रयोग गर्न उपयुक्त हुन्छ ।

 

  • वर्तमान नेपालको अवस्था र तत्कालिन चिनीयाँ समाजको अवस्थाभन्दा धेरै नै फरक छ । परन्तु समाजको विकासको लागि उत्पादन शक्तिको विकास गर्न कुर्नु पर्दैन । पूँजीवादको भूमण्डलीकरण भईसकेको अवस्थामा विश्व परिवेशमा कम्युनिष्ट पार्टी तथा समाजवादी शक्तिहरुले समाजवादको आधार तयार पार्न पूँजीवादकै विकास गर्न र त्यसको जग बलियो बनाउन अव आवश्यक पर्दैन ।
  • समाजवादको जन्म र विकास पूँजीवादको निशेध पश्चात हुन्छ भन्ने पुरानो मान्यताको खारेज गर्न अव आवश्यक हुन्छ । किनकी कम्युनिष्ट पार्टीहरुले पूँजीवादी क्रान्तिको लागि काम गर्न आवश्यकता र औचित्य अव पुष्टि गर्न सक्दैनन् । पूँजीवादको विकल्प पूँजीवाद हुन सक्दैन – समाजवाद नै हुन्छ ।
  • पार्टीको आधारभूत कार्यक्रम समाजवाद सफल गर्नको लागि समाजवादमा आधारित संरचना खडा गरी गाउँबाट समाजवादी अभ्यासको थालनी गर्नुपर्दछ । गाउँबाट सहर घेर्नु, जनयुद्धका रणनीति जस्तै वडा, गाउँ, नगरमा जनसमाजको संरचना खडा गर्नुपर्दछ । त्यस जनसमाजबाट समाजवादी अभ्यासको लागि भु्रणको रुपमा सवै जनतालाई प्रत्यक्ष विकास निर्माण र सामाजिक, आर्थिक, राजनैतिक र बैचारिक काममा र सत्ता संचालन गर्न सवै जनतालाई संगठित गरी पार्टीको तात्कालिक कार्यदिशा, कार्यनीतिले पूँजीवाद र त्यसको राज्य प्रणालीसँग प्रत्यक्ष र समानान्तर रुपले प्रतिस्पर्धा गरी समाजवादको आधार तयार गर्न उपयुक्त हुनेछ ।
  • समाजवादी (राज्य प्रणाली)को अभ्यास र समानन्तर प्रतिस्पर्धाबाट नै स्वनिर्भर एवम् अन्र्तनिर्भर अर्थतन्त्रको विकासका आधारमा जनताको उत्पादक शक्तिको विकास हुने र यसबाट बैदेशिक हस्तक्षेपको अवस्थाको अन्त्य गर्दै राष्ट्रिय स्वाधिनता, राष्ट्रिय सार्वभौमिकताको पूर्णता दिने आधार तयार पार्न सक्छ ।
  • पार्टीको रणनीतिक लक्ष्य साम्यवाद र आधारभूत कार्यक्रम समाजवादमा जाने बाटो तय गर्न तत्कलिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवादलाई स्थानीय तहबाट जनसमाज संगठनको माध्यामबाट समाजवाधको अध्ययन गर्न सम्भव छ र समाजवाद उन्मुख जनसमाजको अर्थात् सवै जनताको सहभागितामा स्थानीय सत्ताको अभ्यास गरी देशव्यापी रुपले निर्माण र विकास सम्भव छ ।
 

VIII. पेरिष कम्युन, रुस, चिन लगायतका देशहरुमा भएको क्रान्तिको तरिकाबाट अहिलेको परिस्थितिमा समाजवादी राज्य सत्ता स्थापना गर्न तथा कार्यान्वयन गर्न अहिले संघीय बहुदलीय व्यवस्थाबाट समाजवादी राज्यसत्ता स्थापना गर्ने कुरा दुबै विषय वर्तमान परिस्थितिमा तत्काल सम्भव देखिदैन । भविश्यमा बदलिएको परिस्थितिमा सम्भव हुन सक्ला तर अहिले संसदीय व्यवस्थाको जन्मदाता ब्रिटेनमा सन् २०१५, १७ र १९ मा तिनपटक निर्वाचन हुनु, इजरायलमा एक वर्षमा तीन पटक चुनाव हुनुले संसदीय व्यवस्थाको पनि नयाँ खोज अनुसन्धान गरी संसदीय व्यवस्थामा पर्नुसंरचना गर्नु आवश्यकता भईसकेको छ । यसरी समाजवादी क्रान्ति र संसदीय व्यवस्थामा अहिले विश्वमा खोज, अनुसन्धान गरी नयाँ विचारको विकास गर्न जरुरी भईसकेको छ ।

 

IX. विश्व कम्युनिष्ट आन्दोलनमा समाजवादी दिशामा अघि बढ्न पुरानो राज्य सत्ता माथी नियन्त्रण गर्न पहिलो सर्त राख्ने चिन्तन र प्रतिक्रियावादी राज्य सत्ताको अर्थात यथा स्थितिबाट नै जनताको पक्षमा सुधारको काम गरी समाजवादी क्रान्ति सफल गर्ने यि दुबै चिन्तनको तरिकाबाट तत्काल समाजवादी क्रान्ति सम्भव देखिदैन ।सबै गाउँ-गाउँ-नगर-वडा पालिकाका जनसमाजको माध्यामबाट बहुमत जनता लाई समाजवादी सत्ताको अभ्यास गर्दै समाजवादको आधार बनाउन सम्भव छ । हुन्छ । जनताको एकतामा समाजवादी अभ्यासबाट आधारक्षेत्र निर्माण भए पछि देशव्यापी समाजवादी कार्यक्रम सफल पार्न सम्भव छ ।

 

X. माक्र्सवादी राज्य सत्ता अन्र्तगतको शासन व्यवस्थाको राज्य प्रणाली र राजनीतिक प्रणालिमा आ आफ्नो देशको विशेषतामा विभिद प्रकारको शासकीय स्वरुप हुने सिद्धान्त नै उपयुक्त हुने देखिन्छ । सबै देशमा माक्र्सवादी राज्य सत्ताको शासकीय स्वरुप एउटै हुन सक्दैन भन्ने देखिन्छ ।

 

च. सरकारको कामको सन्दर्भमा:

  • प्रधानमन्त्रीलाई सरकार संचालन गर्नको लागि प्रधानमन्त्री स्तरीय एउटा पार्टी विभाग बनाउनु पर्ने ।
  • पार्टीको संघीय, प्रदेश र स्थानीय तहमा पार्टीबाट बनाएको विभागले बनाएको योजना, नीति अनुसार सरकारमा रहेका नेताहरुले काम गर्ने ।
  • जब विदेशी वित्तिय पूँजी भित्र्याएर उद्योग धन्दामा लगानी गर्र्छौ, तब स्वदोशी मुद्राको विदेशी विनिमय दर वृद्धि हुन्छ र यसको परिणाम विदेशबाट आउने आयत सस्तो हुन्छ । उत्पादित निर्यातयोग्य बस्तु महंगो भएर जान्छ, आयत बढेर जान्छ । निर्यात कमहुन्छ । यस प्रक्रियाले विदेशी वित्तिय पूँजी देशमा आईरहन्छ । सस्थो आयतका कारणहरुबाट देशको उद्योगहरुमा प्रतिकूल असर पर्दछ । आफ्नो सामान बेच्न पाईदैन र देशका उद्योगहरु अ औद्योगिकरण ९म्भष्लमगकतचष्बष्शिबतष्यल० ।
  • भूमण्डलीकरण अन्तर्गत वित्तिय पूँजी र औद्योगिक पूँजी दुबैलाई देश भित्र आवात जावत गर्न सकिने भएको कुरा अवगत नै छ । यो भूमण्डलीकरणको वास्तविक अर्थ नै पूँजी बेरोकतोक आवात जावत गर्न दिने स्वतन्त्रता हो । भूमण्डलीकरणको नवउदारवादी नीतिहरु नीजिकरण, उदारिकरणको आर्थिक नीतिहरु विकासशिल देशहरुहरुलाई अपनाउन दबवा दिईरहेको हुन्छ ।
  • सवै देशले आफ्नो अर्थ व्यवस्थाको क्षमता भन्दा बाहिर गएर ऋण कर्जा लिन सक्ने अवस्था रहन्न र विदेशबाट ऋण लिएर आफ्नै देशको आर्थिक वृद्धि गर्ने कुरा अव समाप्त हुनेवाला छ ।
  • भूमण्डलीकरणको नीति अनुसार नीजिकरण, उदारिकरणको नाममा सरकारी अर्थ व्यवस्थाको सवै क्षेत्रमा निम्न शिर्षिकमा नयाँ नीति अपनाउन वाध्य पारिएको हुन्छ : क) व्यापारिक उदारिकरण, ख) औद्योगिक उदारिकरण, ग) राजश्व उदारिकरण, घ) वित्तिय उदारिकरण, ङ) सार्वजनिक क्षेत्र वेच्ने र नीजिकरणको नीति अपनाउने ।
  • भूमण्डलीकरणको यो विषम परिस्थितिमा आन्र्तरनिर्भर र आत्मनिर्भर अर्थतन्त्रको विकासका आधारहरु तय गर्नुपर्छ: क. प्रकृतिक सम्पदा, आन्तरिक पूँजी र जनशक्ति नै अन्र्तरनिर्भर तथा राष्ट्रिय अत्मनिर्भर आर्थिक विकासको प्रमुख आधार हो । यसलाई प्रयोगमा ल्याउने नीति सरकारबाट बनाउनु पर्छ ।, ख. स्थानिय तहमा निश्चित रकम जति सकिन्छ शत प्रतिशत लगानी गर्ने किसानलाई सत प्रतिशत अनुदान दिने, खाद्यान्न, फलफूल, पशुपंक्षि, दुध, खानेतेल, माछा, चिया कफि स्थानीय विउ विजन, प्रङ्गरिक मल, जडिबुटी आदीमा कृषि जन्य बस्तुमा लगानी गर्न कृषिकहरुलाई उत्तपादित बस्तुका प्रमाणिकरण र भ्याट बिलका आधारमा अनुदान दिने ।, ग. कृषि उत्पादित बस्तुको बजार व्यवस्था सुनिश्चित गर्ने ।, घ. जैविक अर्गानिक मलबाट उत्पादनमा आत्म निर्भर बनाउन कृषकले सो मल प्रयोग गर्दा रासयनिक मल प्रयोगको भन्दा उत्पादन कम भएमा कृषकलाई प्रोत्साहित गर्न अनुदान दिने , ङ. कृषि उत्पादनमा हाइवृडबाट उत्पादित अनाज भन्दा स्थानीय विउ संरक्षण र विकासको लागि संरक्षण गर्ने र ति उत्पादित बस्तुको मूल्य दोब्बर हुने गरी मूल्य निर्धारण गर्ने, च. मध्यम किसान र गरिव किसानको ऋण मिनाहा गर्ने ।, छ. कृषि मजदुरको नियमित, स्वरोजगार र रोजगारीको सुनिश्चित गर्ने । कृषि पेशालाई नै मूख्य पेशा बनाउने कृषिकहरुलाई सवै प्रदेशबाट निश्चित संख्या छनौट गरी सरकार र समाजबाट विशेष सम्मान, पुरस्कार र अवसर दिने व्यवस्था गर्ने ।, ज. बैंक, वित्तिय संस्था, कृषि बैंक आदिबाट सिधै किसानले ऋण पाउने व्यवस्था गर्ने र यस्तो ऋणको व्यवस्था उच्च औद्योगिक घराना वा लगु वित्त संस्थाबाट महंगो व्याजमा किसानलाई दिने ऋणको स्थिति तत्काल बन्द गर्ने ।
  • राजतन्त्रलाई संरक्षण गर्ने प्रवृत्तिका नीति नियम आदिलाई राज्य प्रणालीका तिन अंगका ऐन, कानून आदिलाई विकास मूखी, भ्रष्टचार मुक्त, जनमुखी प्रशासनिक पूर्न सरंचना संयन्त्र निर्माण गर्ने र तत्काल पहल कदमि लिएर कार्यान्वयन गर्नुपर्छ ।
  • सरकारको मूख्य विदेश नीति: राजनीतिक सहमति समझदारी, आन्तरिक राष्ट्रिय एकता र छिमेकि शक्ति सन्तुलन मैत्री कुटनीति अवलब्बन गर्ने ।

 

ज. पार्टीका आगामी कार्यक्रमको रुपरेखाको शिर्षकमा: स्थानीय तहको ७५३ स्थानमा सवै सि.सि.एम., संघीय र प्रदेश सभाका संसादहरु सवैलाई मुख्य जिम्मा र सहायक जिम्मा गरी एक स्थानीय तहको जिम्मेवारी दिएर नमूना काम गर्नु पर्दछ ।
समाजवादको आधार तयार गर्नको लागि समाजवादी राज्य सत्ता प्राप्त गर्नलाई निरन्तर रुपबाट टिकाई राख्नको लागि पार्टी नेता कार्यकर्ता सहित बहुमत जनता कम्तिमा ६० प्रतिशत वैचारिक दृष्टिकोणबाट बुझाईमा र काम गराईमा सापेक्षिक एकरुपता कायम गरी संगठित गर्नुपर्दछ । यसको लागि पार्टीको तत्काल कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्दछ ।

 

ञ. पार्टी विधानको संसोधनको सन्दर्भमा: तत्कालिन दुवै पार्टीले प्रयोग गरेकोनिर्वाचन प्रणालीको प्रयोग, अनुभव र शिक्षाको आधारबाट नभई निम्न बुँदाको आधारबाट निर्वाचन प्रणाली अवलम्भन गर्न उपयुक्त हुन्छ ।
पहिलो: कम्तिमा ७५ प्रतिशत अंक पूणांकको आधारबाट प्रत्येक तहको पार्टी नेता, कार्यकर्ता, सदस्यको माक्र्सवादी क्षमता, जेष्ठता, निरन्तरता, सांगठनिक काम, राजनीतिक काम, सामाजिक काम, सांस्कृतिक आचरण र आर्थिक आचरण समेतलाई आधार बनाएर नम्बर दिई निर्वाचित गर्ने ।

 

दोस्रो: बाँकी २५ प्रतिशत सम्बन्धित कमिटिका सदस्यहरुको भोटको प्राप्त प्रतिशतको आधारमा नम्बर दिने । अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गरेको निर्वाचन प्रणालीलाई अवलम्बन गर्ने ।

 

क. पुष्पविक्रम मल्ल (सिंह)
सि.सि.एम ने. क.पा. (नेकपा)


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 12 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 12 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 31 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।