नेकपाभित्र चुलिदै विवाद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको छ ।

 

पार्टी एकताको विषयलाई लिएर आन्तरिक विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ ।

 

पार्टी एकता प्रक्रिया टुंगो लगाउन ढिलाई भएसँगै नेताहरुको स्वार्थका कारण विवाद थपिदै गएको छ । पार्टी एकतापछि सचिवालयको बैठकले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनका लागि प्रदेशस्तरको कार्यदल गठन गरेको थियो ।

 

अधिकाशं प्रदेशले महासचिव विष्णु पौडेललाई नेतृत्व चयन गर्न सिफारिस गरेको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई महासचिव पौडेलले पार्टीको सचिवालय बैठकमा पेश पनि गर्नुभएको थियो । तर प्रदेशले सिफारिस गरेको नामप्रति वरिष्ठ नेता नेपालले आपत्ति जनाउनुभएको थियो ।

 

नेपाल विदेश भ्रमणमा रहेकै बेला प्रदेश नेतृत्वको टुंगो लगाएपछि नेता नेपालले पार्टीभित्रको विवाद संसददेखि छुट्टै भेला हुँदै लिखित रुपमा नै पार्टीको बैठकमा फरक मत राख्नु भएको छ । पार्टी एकता प्रक्रियामा जुट्नु पर्ने शीर्ष नेताहरुबीच नै असमझदारी भएपछि अध्यक्षद्धय अहिले नेता नेपाललाई मनाउने गृहकार्यमा जुट्नु भएको छ । आजको नेपाल समाचारपत्रबाट ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 9 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 46 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।