साहित्य महोत्सवको मैजारो

Global IME
Norvic Hospital

‘कहिलेकाहीँ यसरी पनि रहर पुग्छ

एक प्रेमी सपनामा प्रेमिकाको घर पुग्छ’

 

गजलकार प्रदीप रोदन सोमबार साँझ पोखरामा गजल सुनाउँदै थिए । उता सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को बैठक बस्दै थियो । सपनामा भुलिरहेको प्रेमीको मनादेशलाई गजलको पहिलो शेरमा उतारेका रोदनले दोस्रो शेरमा भने राजनीतिकर्मीमाथि झटारो हान्न भ्याए ।

 

‘बा, उनीहरु कसरी पुग्छन् सरकारमा

बाबु, जसरी आँखामा कसङ्गिर पुग्छ’ 

 

फेवा किनारको बाराहीघाटमा आयोजित छ दिन लामो साहित्य महोत्सवको मैजारो रोदनका गजल सँगसँगै भयो । आधा घण्टा महफिलमा जमेका रोदनले आफ्ना चर्चित गजल पोखरेली साहित्यप्रेमीमाझ सुनाए । 

 

‘जसले जोगायो उसैका लागि फूल मर्न सक्दैन

काँडाले चाहेर पनि आफैँलाई कोर्तन सक्दैन

 

प्रेमिकाको सल र मफलर पासो बन्न सक्ला

आमाको पछ्यौराले यस्तो पाप गर्न सक्दैन 

 

हर साँझ गिलासमा सराब भर्न सक्छ छोरो

बा–आमाको ओँठमा हाँसो किन भर्न सक्दैन’

 

विषय गाम्भीर्यता, समयचेत, जीवनको मूल्यबोध र समाज चित्रणका दायरामा रोदन उत्कृष्ट गजल लेख्न सक्ने प्रतिभा हुन् । ‘रोदन महफिल’ नाम दिइएको उक्त कार्यक्रमका प्रस्तोता अमृत सुवेदीले रोदनले नेपाली गजललाई नयाँ उचाइ दिएको बताए ।

 

“उहाँ आफूमात्र चर्चाको शिखरमा पुग्नुभएको छैन, गजललाई पनि उचाइ दिनुभएको छ”, सुवेदीले भने। गोरखामा शिक्षण पेशा गरिरहनुभएका रोदन समकालीन नेपाली साहित्यमा अब्बल गलजलकारका रुपमा चिनिन्छन् । आयोजक ‘बुकवर्म फाउण्डेशन’ले दुई वर्षअघि पोखरामै भएको साहित्य महोत्सवमा पनि उनलाई उभ्याएको थियो । 

 

रोदनको गजल प्रस्तुतिसँगै दशौँ संस्करणको साहित्य महोत्सव सकिएको आयोजक सदस्य केशवशरण लामिछानेले बताउनुभयो । सोमबार चलेका दसवटा सत्रमा रानजीतिज्ञदेखि कवि, लेखकसम्मले अन्तरसंवाद गरेका थिए । 

 

‘राजनीतिमा समाजको ऐना’ सत्रमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा प्रस्तुत भएका थिए । अन्य सत्रमा सङ्घीयता, अर्थतन्त्र, गीतमा आञ्चलिकता, रैथाने उत्पादन इत्यादि विषयमा छलफल गरिएको थियो ।

 

गत बुधबार कवि नवराज पराजुली र गायक उज्जवल सागरको प्रस्तुतिबाट शुभारम्भ भएको महोत्सव गजलकार रोदनको प्रस्तुतिसँगै समापन भएको हो । महोत्सवमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्ति सहभागी बनेका थिए ।

 

पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका ज्ञाता र विषय विज्ञले कला, साहित्य, सङ्गीत, चलचित्र, राजनीति, अर्थतन्त्र, खेलकुद, पर्यावरण, प्राणी जगतलगायत विषयमा बहस र संवाद गरेका थिए  । अर्थशास्त्री प्रा डा अच्युत वाग्लेको आउँदो दशको नेपालमाथिको विद्वत प्रवचनदेखि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘राजनीतिबाहिरको जीवन’सम्मका सत्रले महोत्सवलाई बहुआयाम र रोचकता प्रदान गरेको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 2 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 44 minutes ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

  • 51 minutes ago
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।