ट्यांकर भित्रै ‘फल्स च्याम्बर’ बनाई पेट्रोल चोरी गर्ने घटनाको अनुसन्धान सीआईबीले गर्ने !

  • शुक्रबार, ५ मंसिर, २०७७
  • 5 days ago
  • अर्थ

काठमाडौँ । नेपाल आयल निगमले ट्यांकर भित्रै स्थायी फल्स च्याम्बर बनाएर पेट्रोल चोरी हुने गरेको घटनाको थप अनुसन्धानको लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई अनुरोध गरेको छ ।

 

निगमले चोरी गर्ने कार्यमा अन्य व्यक्तिहरु सांगठनिक अपराधमा सलग्न भएको हुनसक्ने सम्भावना रहेको जनाउँदै अनुसन्धान र कारबाही गरिदिन अनुरोध गरेको हो ।

 

निगमका अनुसार दुई ट्याङ्करले फल्स च्याम्बर बनाएर पेट्रोल चोरी गरेको पाइएको छ । भारतको बरौनीबाट काठमाडौँको थानकोट डिपोमा पेट्रोल ढुवानी गर्ने वीर बेताल आशिर्वाद कम्पनीको ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुईवटा ट्यांकरले पेट्रोल चोरी गरेको पाइएको हो । पेट्रोल चोरी गर्ने सो ट्यांकरका मालिकहरु प्रज्ज्वलराज भट्ट, दीपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकार हुन् । घटना बाहिरिएपछि ट्यांकरका चालक तथा सहचालक फरार छन् ।

 

ति दुई ट्याङ्करले मापदण्ड विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको हो । उक्त फल्स च्याम्बरको सहयोगमा एउटा ट्यांकरले एक पटकमा कबिर १ लाख रुपैयाँ बराबरको एक हजार लिटर पेट्रोल चोरी गर्ने गरेको देखिएको निगमको भनाई छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 1 hour ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 1 hour ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 1 hour ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।