प्रहरीमा नेतृत्व भिडन्त, कारण यस्तो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, २५ मंसिर, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौं । नेपाल प्रहरी यतिबेला इतिहासकै संकटमा छ । सायद अहिले जस्तो प्रहरीले जनताको विश्वास कहिल्यै गुमाएको थिएन । नागरिकसँग सम्बन्ध सुधारको लागि भन्दै हालै प्रहरी–समुदाय कार्यक्रम सुरु गरे पनि प्रहरी र नागरिकको दूरी झन् झन् बढ्दो छ । 

 

फेक इन्काउन्टरदेखि सुन तस्करीमा प्रहरीको संलग्नता अहिले निर्मला पन्त प्रकरणको अनुसन्धानमा प्रहरीको असफलतामा प्रहरी यस्तो अवस्थामा पुगेको हो । तर, अचम्म के छ भने प्रहरी नेतृत्वले अझै यसको समिक्षा गर्न आवश्यक ठानेको छैन । प्रहरी नेतृत्वमा जसरी विगतमा आईजीपी  र एआइजीबीच टकराव हुन्थ्यो, यो संकटको बेला पनि प्रहरीमा उस्तै समस्या छ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र एआईजीहरु पुष्कर कार्की, धिरु बस्नेत र ठूले राईबीच एकता छैन । 

 

महत्वपूर्ण विषयमा पनि प्रहरी महानिरिक्षक खनाल प्रहरी एआईजीहरुसँग सल्लाह गर्दैनन् । संगठनलाई एक्लै चलाउन खोज्छन् । विगतमा जस्तो पोलिसी कोआर्डिनेशन कमिटिको बैठक पनि औपचारिकतका लागि मात्र बस्ने गरेको स्रोत बताउँछ । सामूहिक नेतृत्वमा आइजीपी उदार नहुँदा प्रहरी झन् समस्यामा पर्दै गएको हो । 

 

अहिले प्रहरी संकटमा पर्नुको अर्को कारण नेतृत्वमा गुटबन्दी पनि हो । एकातर्फ आइपीजी खनालले एआइजीहरुलाई विश्वासमा लिनसकेका र्छैनन भने अर्कोतर्फ एआइजीहरुले पनि यस्तो अवस्थामा आइजीपीहरुलाई सहयोग गरेका छैनन् । जसको असर संगठनलाई परेको छ । 

 

खासगरी एआइजी पुष्कर कार्की आफूविरुद्ध लागेको आइजीपी खनालको आशंका छ । विगतमा जस्तै आइजीपी र एआइजीबीचको खटपटकले प्रहरी संगठा ओरालो लागेको मुख्यालयका अधिकारीहरु बताउँछन् । आज प्रकाशित दृष्टि साप्ताहिकबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 7 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।