पावर भिड्दा डीआईजी बढुवा ढिलाइ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । दरबन्दी एक आकांक्षी दर्जन । नेपाल प्रहरीको डीआईजी बढुवामा यस्तै अवस्था आएको छ । आफूभन्दा दुई ब्याची एसएसपीाई उछिन्दै डीआईजी बन्न केही एसएसपी सक्रिय भएका छन् । 

 

उनीहरु नेताको घरदैलो गर्न थालेपछि आईजीपी सर्वेन्द्र खनाल चिढिनुभएको छ । स्रोतका अनुसार आईजीपी खनाललाई फलानोलाई डीआईजी बनाउनुपर्यो भनी फोन आउने क्रम बढेको छ । यस्ता फोनका कारण उहाँ रिसाउनुभएको मात्र छैन– सार्वजनिक रुपमै नेताको घर धाउनेलाई बढुवा नदिने चेतावनी दिइसक्नु भएको छ । तै पनि, फोन आउन नछाडेको नक्सालस्रोतले बताएको छ । 

 

डीआईजी बन्ने दौडमा विश्वराज पोखरेल राजनीतिक शक्ति लगाउन मरिमेटेर लाग्नुभएको छ । उहाँले आफूलाई ईश्वर पोखरेल नजिक देखाउनुभएको छ । अघिल्लो ब्याचीलाई पछि पार्दै बढुवा भएमा आईजीपी बन्नबाट कसैले रोक्न नसक्ने अवस्था बन्ने भएकाले विश्वराज खटाएको ठाउँमा समेत जानुभएन । उहाँलाई दिल्लीस्थित नेपाली दूतावासमा खटाए पनि सरुवा रोकिएको थियो । यसअघि  एसएसपी बढुवा हुँदा पनि उहाँ अघिल्लो ब्याचीलाई पछि पार्न सफल हुनुभएको थियो । तर, पोखरेलका ब्याचीमध्ये एसएसपी त्रय धीरजप्रताव सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी पनि सशक्त देखिनुभएको छ । यो ब्याचीभन्दा दुई ब्याचीबाट अझै बढुवा नभएका अधिकृतहरु छन् । 

 

अघिल्लो ब्याचका वीरेन्द्र श्रेष्ठ अझै एसपी हुनुहुन्छ । उहाँ बढुवा नभएमा राजीनामा दिएर घर जाने अवस्था बन्नेछ । चतुर्याई नगर्ने श्रेष्ठले राजनीतिक पहुँच देखाउने गर्नुभएको छैन । आजको विमर्श साप्ताहिकबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।