कर्णाली प्रदेशमा कार्यरत १२ प्रहरी पुरस्कारका लागि सिफारिस

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै नगदसहित पुरस्कृत गर्न सिफारिस गरेको हो । 

 

सिफारिस गरिएकाहरुमा पुस महीनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक अवदेश विष्ट क्षेत्री, कालीकोटका प्रहरी नायव निरीक्षक रमेश पन्थी, जुम्लाका प्रहरी हवल्दार हिक्मत थापा, सुर्खेतका प्रहरी जवान शिव गिरी, दैलेखका प्रहरी जवान पूर्णकुमारी खड्का र नगर प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक ढुण्डीराज अधिकारी छन् । 

 

त्यस्तै, माघ महिनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्री, कालीकोटका प्रहरी सहायक निरीक्षक निरज सिंह तथा जवान पार्वती बुढा, रुकुम (पश्चिम) का प्रहरी जवान प्रकाश शाही, अस्थायी ट्राफिक प्रहरी पोष्ट छिञ्चुका प्रहरी हवल्दार टोपबहादुर महतारा र इलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर घर्ती छन् । 

 

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले विभिन्न विधामा मासिक कार्ययोजनाबमोजिम उत्कृष्ट कार्य गरेकालाई पुरस्कृत गर्न लागिएको जानकारी दिए । 

 

‘कार्यक्षेत्रमा इमान्दारीपूर्वक खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई मासिकरूपमा पुरस्कृत गर्दै आएका छौँ’, उनले भने, ‘यसले प्रहरी कर्मचारीको मनोबल बढ्ने र आफ्नो कार्यप्रति थप इमान्दारी बनाउन हौसला बढ्ने अपेक्षा लिएका छौँ ।’


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।