सवारी चालककाे रक्तचाप देखेर डराए प्रहरी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
सांकेतिक तस्वीर

बलेवा । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी कोइरालाले बताए । 

 

'चालकमा देखिएको स्वास्थ्य समस्याका कारण सडक दुर्घटना हुन सक्छ’, उनले भने, ‘उच्च रक्तचाप भएको चालकलाई अस्पताल जान अनुरोध गर्नेबाहेक कुनै पनि कारवाही गर्ने अधिकार प्रहरीसँग छैन् ।’ 

 

‘एक चालकको रक्तचाप देखेर हामी डरायौँ’, सूचना अधिकारी कोइरालाले भने, ‘त्यति धेरै रक्तचाप भएको चालकको जुनसुकै बेला आँखा तिरमिराउने चिकित्सक भन्दै हुनुहुन्थ्यो, तर हामीले रोक्न सकेनौँ ।’

 

प्रहरीले स्वास्थ्यकर्मीको सहायतामा मुटुको चाल, रक्तचाप, आँखाको समस्यालगायतको परीक्षण गर्ने गरेको छ । परीक्षणका क्रममा समस्या देखिएका चालकलाई तत्काल अस्पताल जानका लागि आग्रह गर्ने गरेको भए पनि बेवास्ता गर्ने गरेको कोइरालाले बताए । 

 

प्रत्येक महिना स्वास्थ्य जाँच गर्ने योजना बनाएको प्रहरीले धवलागिरी अञ्चल अस्पतालका चिकित्सकको सहयोगमा सावरी चालकको जाँच गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसहित धवलागिरि अञ्चल अस्पताल बागलुङ, यातयात व्यवसायी र नेपाल प्रहरीको टोलीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेका थिए । 

 

जाँचका क्रममा बस, ट्रक, जिप, माइक्रोबसलगायतका ७१ सार्वजनिक सवारीसाधन चालकको आँखा र रक्तचाप परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १२ चालकको उच्च रक्तचाप भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शुकबहादुर विकले बताए । 

 

पहिलो पटक गरिएको परीक्षणमा कति सहभागी भए र कतिमा के–कस्ता समस्या थिए भन्ने विषयमा प्रहरीसँग कुनै पनि जानकारी छैन । यो पटक भने सबैको तथ्याङ्क राखेर समस्या भएका चालकलाई निगरानीमा राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको कोइरालाले बताए । 

 

‘हामीले दुर्घटना कम गर्न अभियान चलाएका हौँ’, कोइरालाले भने, ‘व्यवसायीसँग छलफल गरेर तत्काल समस्या देखिएका चालकलाई उपचार गर्ने वा सवारी चलाउन रोक लगाउने काम गर्छौँ ।’

 

‘अनुमतिपत्र लिएर काम गरिरहेका चालकलाई सवारी चालक अनुमतिपत्र हेर्नेबाहेक अरु काम हाम्रो जिम्मेवारीमा पर्दैन’, कोइरालाले भने, ‘लाइसेन्स दिने वा नवीकरण गर्ने निकायले चालकको स्वास्थ्य अवस्था जाँच गरेर मात्रै दिनुपर्छ ।’ 

 

सानासाना कमजोरीका कारण पनि ठूला दुर्घटना हुने गरेको भन्दै कोइरालाले चालकमा हुने आँखाको कमजोरी र रक्तचापको समस्या दुर्घटनाको कारण हुनसक्ने बताए । 

 

चालकमा देखिएको स्वास्थ्य समस्याका विषयमा आम नागरिक समाजले समेत आवाज उठाउनुपर्ने भन्दै उनले त्यसका लागि पहल थालिने बताए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।