अब प्रहरीभन्दा एनजीओ बलिया ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । अपराध अनुसन्धानमा कमीकमजोरी हुँदा प्रहरी जेल जान थालेपछि प्रहरीमा तरंग आएको छ । गत भदौदेखि लागू भएको अपराध संहिता ऐनको प्रावधानअनुसार पहिलोपटक कञ्चनपुरमा ८ अनुसन्धानमा लापरवाही गरेको भन्दै मुद्दा दायर भएको छ । ६ जना प्रहरी त हिरासतमै छन् । 

 

बालिका निर्मला पन्तको बलात्कार–हत्या अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोगमा आड प्रहरीविरुद्ध मुद्दा दायर भएको हो  । विभिन्न् एनजिओहरुको दबाब सहन नसकेपछि प्रहरी मुद्दा दायर गर्न बाध्य भएको हो । तर, यसले भविष्यमा प्रहरी संगठनमा नकारात्मक असर पर्ने र प्रहरीभन्दा अपराधी बलियो हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । 

 

सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इस्सपेक्टर एकेन्द्र खड्का, सइ रामसिंह धामी, हरिसिंह धामी र जवान चाँदनी साउदविरुद्ध सार्वजनिक न्यायविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । अनुसन्धानको क्रममा प्रमाण नष्ट गरेमा यस्तो कसुर लाग्ने व्यवस्था छ । तर, उनीहरुमध्ये कतिपय प्रहरी घटनाको पाँचदिनपछि मात्रै कञ्चनपुर पुगेका थिए । तर, पनि प्रमाण नष्ट गरेको भनेर उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । घटनास्थलको सुरक्षा गर्न नसकेको, जवान साउदले मृतकको सुरुवाल पानीमा छोपलेको र मृतकका कपडा शवसँगै जलाइएको भन्दै उनीहरुविरुद्ध सो मुद्दा दायर गरिएको हो । उनीहरुमध्ये पूर्वएसपी विष्ट र निलम्बित डिएसपी सिजीबाहेक अरु सबैलाई बिहीबार अदालतमा उपस्थित गराइएको थुनछेक आदेश नभएसम्म प्रहरी हिरासतमा बसेका थिए । आजको दृष्टि साप्ताहिकबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।