प्रहरीमा फेरि सुरु भयो गुटबन्दी
- मंगलबार, ५ आषाढ, २०७५
- 4 years ago
- समाचार
काठमाडौं । दुई महिनाअघि सरकारले सवेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेपछि प्रतिस्पर्धी रहेका रमेश खरेलले खनालको कमाण्डमा काम गर्न नसक्ने भन्दै राजिनामा दिए । अर्का प्रतिस्पर्धी डिआईजी पुष्कर कार्की फरक रुपमा प्रस्तुत हुँदै भने, आईजीपीलाई सहयोग गरेर संगठनलाई बलियो बनाउन सहयोग गर्ने छु ।’
धेरैले कार्कीको उदारताको प्रशंसा गरे । बास्तवमै उनले ठूलो मन देखाएका थिए । बास्तवमै उनले ठूलो मन देखाएका थिए । तर, आइजीपी बढुवा भएका खनालको मन चाँहि सानो रहेको यतिबेला पुष्टि भएको छ ।
आइतबार बेलुकी अमेरिका भ्रमणमा गएका खनालले भने आफ्नो सानो मन देखाएका छन् । अमेरिका जाने क्रममा आफ्ना ब्याजिमाथि उनले विश्वास गर्न सकेनन् । आफ्ना ब्याचीलाई कार्यवहाक दिनुपर्नेमा उनले अस्पतालका एआईजी दिनेशचन्द्र पोखरेललाई निमित्तको जिम्मेवारी दिएर अमेरिका गएका छन् ।
प्रकाश अर्याल आइजिपी हुँदा गत वर्ष अस्पतालका एआईजीलाई नदिई डिआईजी रहेका बमबहादुर भण्डारीलाई निमित्तको जिम्मेवारी दिएका थिए । तर यसपटक खनालले प्राविधिकलाई निमित्तको जिम्मेवारी दिएका छन् । जसलाई धेरै प्रहरी अधिकारीले आश्चर्यको साथ हेरेका छन् । आजको दृष्टि साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।