प्रहरी र ललितपुर महानगरपालिकाबीच यस्तो सम्झौता

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, १३ कार्तिक, २०७५
  • 3 years ago
  • नेपाल

ललितपुर । महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

 

महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरे । 

 

हस्ताक्षर पछि प्रमुख क्षेत्रीले आम नागरिकमा अपराध कसरी हुन्छ, विपद्मा कसरी सुरक्षित हुनेलगायत विषयमा दुई संस्था मिलेर नागरिकलाई सजग गराउन सक्ने बताए । उनले भने, “प्रहरीको अनुभव र जनप्रतिनिधिको ऊर्जालाई मिलाएर समाजमा आपराधिक घटना कम गर्न सकिन्छ ।” 

 

महानगरपालिकाका प्रमुख महर्जनले प्रहरी र स्थानीय निकायबीच सहकार्य बढाउँदै जाँदा दिगो विकास लक्ष्यमा पुग्न सकिने बताए । सम्झौता भएका विषय कार्यान्यवनको आवश्यकता औँल्याउँदै उनले भने, “जिम्मेवारी पूरा गर्न शिक्षित र सक्षम जनप्रतिनिधिले मात्रै सक्छ ।” 

 

महानगरीय प्रहरी परिसर प्रमुख रविन्द्र धानुकले नयाँ संविधानले सुरक्षा कायम गर्नका लागि धेरै जिम्मेवारी स्थानीय तहलाई दिएको बताए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।