राष्ट्र बैंकले फुटकर पैसा नछाप्दा विकृति मौलायो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

आजभन्दा दुई दशकअघि नेपाल सरकार र नेपाल राष्ट्र बैंकले एक रुपैंयाको नोट र डबल दुवै छाप्थ्यो । दुई रुपैयाँको नोट, एक मोहर, सुका, पाँच र दश पैसा पनि प्रचलनमा थियो । राष्ट्र बैंकले वर्षैपिच्छे यी रकमहरु छाप्ने गर्दथ्यो । त्यतिखेरको डबल ठ्याक्कै सुनको जस्तो देखिन्थ्यो भने नोटहरु पनि निकै बलियो हुन्थ्यो । ती नोटहरु हत्तपत्त च्यातिदैन्थ्यो भने पानीले भिजेपनि अहिलेजस्तो लत्याकलुतुक हुँदैनथ्यो । सिक्काहरुको निकै नै भारी हुन्थे, भने केही सिक्काले गोजी नै लत्रिन्थ्यो । सरकारले त्यतिखेर निकाल्ने पाँच सय, हजारका नोटहरु पनि निकै नै गुणस्तरका थिए । ती ठुल्ठुला नोटहरु निकै नै चम्किला देखिन्थे । तर, पछिल्लो समय राष्ट्र बैंकले ससाना मुद्रा छाप्न छोडिसकेको छ । 

 

एकदुई रुपैयाँको सिक्का त भेटिन छोडिसके भने मोहर र सुकाको कल्पना नगरौं । राष्ट्र बैंकले सिक्का छाप्न छोडिदिदाँ व्यापारीहरुले यसलाई उपभोक्ता लुट्ने वाण बनाएका छन् । चानचुन नभएको बताउदै उनीहरुले फिर्ता रकम दिदैनन् । उदाहरणका लागि कुनै सामान सात रुपैयाँ पर्छ तर उपभोक्ताले १० रुपैयाँ दिन्छन् । तर व्यापारीहरुले सिक्का छैन्, राष्ट्र बैंकले छाप्दैन् भनेर तीन रुपैंया फिर्ता दिदैनन् । तर, उसले त्यो सामान घटाएर पाँच रुपैयाँमा दिदैंनन् । एउटा सानो किराना पसलले चानचुन पैसा नभएको बहाना बनाएर एकसय जनालाई सामान बेच्दा दैनिक तीन सय रुपैयाँ ठग्छन् । राष्ट्र बैंकले चानचुन पैसा नछाप्दा आम नागरिक ठगिएका छन् । 

राष्ट्र बैंकले सिक्काहरु पनि छाप्ने गर्ने हो भने व्यापारीले उपभोक्ता ठग्नै पाउदैनन् । राष्ट्र बैंकको गर्भनर र अर्थमन्त्रीले व्यापारीहरुसँग लुप्त हुँदा सिक्का नछापिएको प्रष्ट बुझिएको छ । पछिल्लो समय बजारमा भएका ठुला नोटहरु पनि निकै कमशल भएको देखिन्छ । साथै, अहिले पैसाको त्यति ठूलो महत्व पनि गरिदैन् । पहिले एकदुई रुपैयाँमा खेतबारी नै किनिन्थ्यो । पाँच पैसामा एक माना घ्यु नै आउथ्यो । दश पैसामा भैंसी, बाख्रा र गोरु नै खरिद हुन्थ्यो । एकदुई मोहरमा छोराछोरीको बिहेदान नै हुन्थ्यो । पानीले भिजेपनि यी सिक्काहरु जस्ताको त्यस्तै देखिन्थे । पहिले सुका र पैसाले यत्रो महत्व बोक्थ्यो तर अहिले हजार रुपैयाँको केही भ्यालु छैन् । 

 

त्यतिखेरका बुढाबुढीले पैसाको महत्व बुझाए भने अहिलेकाले सुन्न चाहदैनन् । सुका, मोहर र पैसाले यत्रो सामान आउथ्यो भनेर बुढाबुढीले प्रशंग उठाए भने अहिलेका पुस्ता वाहियात कुरा भनेर त्यतिकै बेवास्ता गरिदिन्छन् । प्रत्येक नेपालीको घरघरमा केही दशकअघि सिक्काहरु प्रचलनमा थिए । पसल, बैंकफाइनान्समा पनि यही पैसाको प्रयोगमा थियो । कर तिर्न, उपचार गर्न, यातायात चढ्न पनि यही पैसाले काम गर्दथ्यो । तर, सरकारले केही वर्षयता सानो पैसा छाप्न छोडिदियो । जसको मार नेपाली जनतामा परेको देखिन्छ । पुजाआजा, काजकिरिया, रुद्रीपुजा गर्दा र मन्दिरमा गएर पनि यही पैसा चढाउने गरिन्थ्यो । किन कि सिक्कामा रंग लाग्दा र पानी खस्दा केही पनि हुँदैन् । तर, नोटमा रंग लाग्यो भने त्यो बिग्रिन्छ । पानीमा पर्नेबित्तिकै नोटहरु कुहिन्छन्, च्यातिन्छन् । 

 

फेरि अर्को नोट छाप्नुपर्दा नेपाली जनताले तिरेको कर स्वाहा हुन्छ । किन कि नोट छाप्ने मेसिन नेपालमा छैन् । छापिएर आएको नोट पनि सबै कमशल । पैसाको जति सदुपयोग गप्यो राज्यलाई त्यति नै फाइदा हुन्छ । पछिल्लो समय नेपालीहरुले नोटलाई जथाभावी गर्ने गरेको पाइन्छ । डल्लो पार्ने, फोहोर हातले छुने, जथाभावी कोर्ने, स्टिच लाउने यसो गर्दा नेपाल सरकारलाई घाटा भइरहेको छ । नेपालीले जति नोटको सदुपयोग गर्छन् त्यति नै मुलुक समृद्ध हुने हो । पैसालाई जथाभावी गर्ने बानी त्याग्दै पैसा सुरक्षित तरिकाले प्रयोग गर्ने बानी बसाल्नुपर्छ । मन्दिरमा पनि ठूला पैसाको चढाउने कार्यमा रोक लगाऔँ । राष्ट्र बैंकले नोट बचाउनको लागि पनि सिक्का छाप्न जरुरी देखिएको छ । 

 

मन्दिरमा चढाएका नोटहरु कामै नलाग्ने हुन्छ । दुध, पानी, तेल, सिन्दुर, अक्षेतापातीले नोट सबै बिगारिसकेको हुन्छ । त्यसपछि त्यो नो प्रयोगमा आउदैन् । घाटा कसलाई सरकारलाई । ठुला वर्षौसम्म टिकाउनको लागि पनि सानाको खाँचो छ । पहिले चाडवाडमा टिका लाएर पाँच पैसा दक्षिणा दिन्थे । त्यति पैसा पाँउदा सबैजना कति रमाउथे, खुसी हुन्थे । ठूलाबडाबाट पाएको पैसा जथाभावी गर्नुहुदैन् भन्ने मान्यता थियो । तर, राष्ट्र बैंकको कारणले अहिलेका पुस्ताले पुराना मुद्रा देखेनन् । पुराना मुद्रा आफैमा विस्थापन भयो । हाम्रो पुस्ताले साँचेर राखेको रकम जोगाउनुको साटो राष्ट्र बैंक अझै विस्थापन गर्नमा लागिपरेको छ । 

 

फुटकर पैसा बजारमा आएपछि उपभोक्ता पनि ठगिनबाट जोगिन्छन् । राष्ट्र बैंकलाई दोषी बनाएर व्यापारीहरु आफु कमाइरहेका छन् । यो प्रवृत्तिको पनि अन्त्य हुन्छ । पेट्रोल पम्पमा सानो पैसा नहुँदा उपभोक्ता कति ठगिएका छन् यसको लेखाजोखा छैन् । आयल निगमले मटितेल र डिजेलको मुल्य एक सय ३३ रुपैंया तोकेको छ । तर, चानचुन पैसा नभएको बताउदै उपभोक्तासंग एक सय ३५ रुपैयाँ लिइन्छ । दुई रुपैंया फिर्ता दिदैनन् । मुलुकभर ४१ लाख सवारी साधन छन् । यिनीहरुसँग पेट्रोलपम्प सञ्चालकले दैनिक कति रकम ठगेका छन् ? मटितेलमा पनि त्यस्तै छ । त्यसैगरी, सार्वजनिक सवारी साधनमा सरकारले तोकेको भाडा एक किमिबाट पाँच किमिसम्म १८ रुपैयाँ छ । 

 

तर, चढ्नेबित्तिकै २० रुपैंया तिर्न यात्रु बाध्य छन् । २३ को ठाँउमा २५ र २७ को ठाँउमा ३० रुपैंया सहचालकले लिने गरेका छन् । फुटकर पैसा छैन् भनेर सहचालकले दुईतीन रुपैंया फिर्ता गर्दैनन् । एउटा कर्मचारी दैनिक दुईचोटि गाडी चढ्छ । अन्य काममा हिडेका मानिसहरु दैनिक चारचोटिसम्म गाडी चढ्छन् । चारचोटि चढ्दा एउटा यात्रुसंग १२ रुपैयाँ बढी उठाइन्छ । उपत्यकामा मात्रै एकदिनमा २५ लाख यात्रु भाँडाको गाडी चढ्छन् । यी गाडीहरुले फुट्कर पैसा नभएको बहाना बनाएर यात्रुसंग एक करोड ३० लाख रुपैयाँ ठगिरहेका छन् । यात्रुले पाउनुपर्ने फिर्ता पैसा राष्ट्र बैंकको कमीकमजोरीका कारण पाएका छैनन् । 

 

चानचुन पैसा नदिने सवारीसाधनलाई ट्राफिक महाशाखाले कारबाही गर्दैन् किन कि उनीहरुले राष्ट्र बैंकको नाम लिएर ठगिरहेका छन् । अर्थमन्त्री जर्नादन शर्मा र राष्ट्र बैंकको गर्भनरले यातायात व्यवसायीसंग कमिशन खाँदा जनता ठगिए । जनताको हितमा भन्दा पनि यिनीहरुले व्यवसायीको हितमा काम गरिरहेका छन् । व्यापारी र यातायात व्यवसायीको मुखमा बुझो अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरले लगाउन सकेनन् । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने तर कामचाहि व्यापारीको लागि गर्ने ? जनता र राष्ट्रको लागि काम नगर्नेलाई जनताले तिरेको करबाट किन तलबभत्ता खुवाउने ? बेकारमा त्यति मँहगो सरकारी गाडी किन चढ्न दिने ? 

 

मुलुकका यस्ता असक्षम मन्त्री र गर्भनरलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने हो कि । प्रधानमन्त्रीले पनि सिक्काहरु छाप्नको लागि राष्ट्र बैंकलाई निर्देशन दिने हो कि । फुट्कर पैसालाई सकेसम्म छिटोभन्दा छिटो बजारमा ल्याउनुपर्छ । अहिले कसैको घरमा पुराना पैसा भेटिदैनन् । मन्दिर गयो भने पनि ठुलै पैसा चढाउनुपर्छ । कोही माग्ने आए भनेपनि फुट्कर पैसा नहुँदा ठुलै पैसा दिनुपर्ने बाध्यता छ । मुलुकमा धेरै भ्रष्ट्राचार बढेको छ । यता, नेपालको अर्थतन्त्रसमेत धरासायी बनेको छ । भारतमा पनि धेरै भ्रष्ट्राचार बढेर, अर्थतन्त्र नाजुक भएर २०७३ कात्तिक २३ गते पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारले पनि पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउने बेला आएको छ । 

 

यो भयो भने भ्रष्ट्राचार गरेको रकम सबै बाहिर निस्किन्छ । सर्वसाधारणले पनि आफुसँग भएको रकम निकाल्छन् । राजनितिक दलहरुले पनि पाँच सय र हजारको नोटमा प्रतिबन्ध लाग्ने भएपछि बाहिर निस्किन्छ । लुकाएका पैसाहरु सबै सरकारको नाममा जान्छ । अर्थतन्त्र पनि केही हदसम्म तंग्रिन्छ । पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउन ढिलो भइसकेको छ । पछिल्लो समय सरकारभन्दा जनता धनी छन् । राज्यलाई कर छलेर नेपाली जनताले मनग्य पैसा जोडेका छन् । पाँच सय र हजारको नोट प्रतिबन्ध लगाएपछि अहिले भएको विकृतिको अन्त्य हुन्छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

  • 33 minutes ago
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको

पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

  • 1 hour ago
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक

सन्दीपले लंका प्रिमियर लिग खेल्ने

  • 1 hour ago
सन्दीपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।