टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

विराटनगर । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ परेका छन् । विराटनगर– ४ स्थित जामुनगाछीबाट उनीहरु पक्राउ परेका हुन् । 

 

पक्राउ पर्नेमा विराटनगर– ६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् । यही असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरीसँगै खोजी कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

 

खोजतलासकै क्रममा हिजो राति ८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको हो । साथै उनीहरुको चोरी गरी लगेको नेपाल टेलिकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसै गरी उनिहरुले प्रयोग गर्नेको ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । यसरी चोरीएका सामान सहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

  • 3 minutes ago
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरे

दोहोरो अङ्कले बढ्यो नेप्से

  • 5 minutes ago
दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ ।

नेकपा बैठकः कोरोना महामारीबीच कस्तो छ तयारी ?

  • 10 minutes ago
नेकपा बैठकः कोरोना महामारीबीच कस्तो छ तयारी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।