नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

Norvic Hospital
  • आइतबार, १२ मंसिर, २०७८
  • 1 month ago
  • खेल

काठमाडौँ । आईसीसी महिला टी- २० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दै छ। 

 

शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भयो। त्यसपछि लगातार तीन खेल सहजै जितेको नेपाल अन्तिम खेलअघि ६ अंक जोडेर दोस्रो स्थानमा छ। ६ टोली सहभागी छनोटमा यूएई लगातार चार खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा छ। नेट रनरेटमा पनि नेपालभन्दा यूएई केही अघि छ।

 

यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्नेछ। नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

 

यस्तै नेपाल समान ६ अंक जोडेर तेस्रो स्थानमा रहेको हङकङले आजै कुवेतसँग खेल्नेछ र कुवेतलाई हराएमा हङकङको पनि ८ अंक हुनेछ। नेपाल र हङकङ दुवै विजयी भएको अवस्थामा तीन टोलीको समान अंक हुनेछ र नेटरनरेट निर्णायक बन्नेछ। हङकङ र कुवेतबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

 

नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब छ। यही नेपालले यूएईलाई पराजित गर्न नसके नेपालले छनोटमा दोस्रो हुनेमध्ये उत्कृष्ट दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसरसमेत गुमाउनेछ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

  • 6 minutes ago
राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

काठमाडौँ। राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन्। यसअघि माघ २ गते अन

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

  • 20 minutes ago
मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 33 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।