सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- शनिबार, २१ माघ, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्द्रीय कमिटीको बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैँदै उनले पार्टीले लिएको सिद्धान्त सही छ कि गलत छ त्यो व्यवहारले देखाउँछ भने ।
“सिद्धान्तको रङ खैरोे हुने तथा व्यवहारको रङ हरियो हुन्छ, हामी समाज बदल्न चाहन्छौँ, हामी संसार बदल्न चाहन्छौँ, हामी कम्युनिष्ट क्रान्तिकारी भएकाले माक्र्सवाद लेलिनवादको मार्गदर्शनमा हिड्छौँ ”, अध्यक्ष नेपालले भने । प्रतिवेदन प्रस्तुतका क्रममा उनले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधानका लागि समाजका विभिन्न वर्गहरुको विश्लेषण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने जानकारी गराए ।
उनले थप भने “हामी कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता हौँ भनेर गौरव बोकेर पार्टी नीति, सिद्धान्तअनुसार काम गर्नुपर्छ ।” अध्यक्ष नेपालले नेपाली जनताले आफ्नो संविधान आफैँ निर्माण गर्नुपर्छ भन्ने मान्यताअनुसार राजा हटाएर संविधानसभाको निर्वाचन सम्पन्न गरी संविधान निर्माण गरेकाले त्यो संविधानप्रति बफादार भएर काम गर्नुपर्ने बताए ।
उक्त प्रतिवेदनमा अध्यक्ष नेपालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् । उनले प्रतिवेदनमा श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी मात्र रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
- 2 minutes ago

काठमाडौँ। बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभा भवन हेटौँडामा आज शुक्रवार भएको मत विभाजनमा जम्कट्टेलले विश्वासको मत पाएका हुन्। मुख
सम्पत्तिमा महिलाहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै
- 6 minutes ago

काठमाडौँ। नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत पर
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट
- 27 minutes ago

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।