‘नेपाल घुम्नैपर्ने देश रहेछ’
- बुधबार, १६ पुष, २०७६
- 3 years ago
- नेपाल

काठमाडौँ । वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आइ पुगेका हुन् । उनको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन साथीसँगै काठमाडौँ घुम्न आएका हुन् । काठमाडौँ उपत्यका दुई दिनमै घुमी भ्याएकी लुओङ टोलीको ध्यान एक्कासी रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो ।
“नेपाल घुम्नैपर्ने देश रहेछ”, नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा रसुवागढी नाकामा भेटिएकी लुओङले भने, “खासमा हामी काठमाडौँ र सगरमाथा क्षेत्र घुम्न आएका थियौँ, यहाँ आएपछि लाङटाङ क्षेत्रबारे थाहा पायौँ ।” लाङटाङपछि मात्रै उनले रसुवागढी नाकासम्म पुग्ने योजना बनाउनुभएको हो ।
उनको कलेजको बिदाको समय छोटो छ । सगरमाथा क्षेत्र घुम्न समय बढी लाग्ने भएपछि उनीहरु लाङटाङ आएका हुन् । “सगरमाथाको अवलोकन गर्न अर्को पटक आउँछौँ”, लुओङकी साथी फाम थी माईले रासससँग भने, “यहाँ घुम्नलायक अरु धेरै ठाउँ रहेछन् ।”
भियतनाम फर्केपछि अरु साथीलाई पनि नेपाल घुम्न आग्रह गर्ने माईले बताए । लुओङ र माईलाई यहाँ आवतजावत गर्ने बाटोघाटोको अवस्था देख्दा औधी चित्त दुःखेको छ । उनीहरुले भने, “ठाउँ मनमोहक छ, बाटोघाटो हेर्दा दिक्क लाग्यो । काठमाडौँबाट रसुवा नजिकै भए पनि सडकको अवस्था भने दयनीय छ ।” “धेरै ठाउँमा हिलोमा हिँड्नुप¥यो”, काठमाडौँ फर्किन लागेकी लुओङले भने, “बाटोमै धेरै समय खर्चिनुपर्ने अवस्था छ”, भियतनाम र नेपालको भूगोल मिल्दोजुल्दो भएकाले नेपाल घुम्न भियतनामी नागरिकलाई खासै समस्या नहुने उनको भनाइ छ । भियतनामीलाई हिमाल र वन्यजन्तुले आकर्षित गर्नसक्ने लुओङ र माईको बुझाइ छ ।
नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुँदैछ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये रसुवा पनि एउटा हो । लाङटाङ राष्ट्रिय निकुञ्जसँगै यहाँ गोसाइँकुण्ड, गणेश हिमाल, पार्वतीकुण्ड, बेत्रावतीको उत्तरगयाधाम, ठूलो गाउँको भुमेस्थान, कालिकास्थान, जीवजीवेको नीलकण्ठ महादेवस्थान, मानेश्वारा, लारच्याङ्टार, सरमथलीको निर्कुभुमे पर्यटकीय गन्तव्य रहेका छन् ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाने, बस्ने व्यवस्था गर्नसके पर्यटनका क्षेत्रमा ठूलो फड्को मार्न सकिने गोसाइँकुण्ड गाउँपालिका– १ थुमनका पर्यटन व्यवसायी फुर्पु ग्याञ्जो तामाङले बताइन् ।
उनले गाउँमै एकदशकदेखि बुद्ध गेष्ट हाउस चलाउँदै आएका छन् । काठमाडौँदेखि लाङटाङ क्षेत्र घुमेर फर्किन न्यूनतम रु १५ हजार खर्च लाग्ने उनले बताए । स्याफ्रुबेँसीस्थित मल्ल होटलका सञ्चालक पेम्बा छिरिङ तामाङ रसुवा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । पछिल्लो समय होटलमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । स्याफ्रुबेँसी पर्यटकका लागि प्रमुख बासस्थलका रुपमा चिनिन थालेको छ । यहाँ ठूल्ठूला होटल तथा रिसोर्ट बन्नेक्रम जारी छ । गाउँगाउँमा घरबास (होमस्टे) समेत खुल्दैछन् । पर्यटक स्याफ्रुबेँसीसँगै सदरमुकाम धुञ्चे, कालिकास्थान र टिमुरेमा बस्न मन पराउँछन् ।
रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि सडक फराकिलो पार्ने काम धमाधम हुँदैछ । कालोपत्र नहुँदा पर्यटकले यात्रा गर्दा सास्ती खेप्नुपरेको पर्यटन व्यवसायी तामाङले बताए । कालिकास्थान, धुञ्चे, भार्खु, ठूलोस्याँफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड, स्याफ्रुबेँसी, खाम्जिङ, लामाहोटल, थाङसाप, लाङटाङ, मुण्डुलगायत क्षेत्रमा पदमार्ग भए पनि अवस्था त्यति राम्रो नभएको उनको भनाइ छ ।
भ्रमण वर्ष २०२० का लागि स्थानीय पर्यटन व्यवसायीले आफ्नै ढङ्गले तयारी गरेका छन् । “सरकारले घोषणा गरेको कार्यक्रमलाई हामीले सघाउनुपर्छ”, व्यवसायी तामाङले भने, “सरकारले हाम्रै हितका लागि ल्याएको कार्यक्रम भएकाले हामी व्यक्तिगतरुपमा सक्दो लगानी गर्न तयार छौँ ।”
भ्रमणमा आउने पर्यटकलाई सकभर फापर, मकै र कोदोको परिकार बनाएर खुवाउने योजनामा यहाँका पर्यटन व्यवसायी छन् । “सकभर हाम्रै गाउँको उत्पादनको स्वाद चखाउने प्रयास गछौँ”, तामाङले भने । लाङटाङ, गोसाँइकुण्ड, बृद्धिम, टिमुरे, थुमन, नाकथली, तातोपानी, थाम्बुचेतलगायत स्थानमा तीन सयको हाराहारीमा होटल तथा लज सञ्चालनमा रहेको पर्यटन व्यवसायी तामाङले उल्लेख गरे । रसुवाको प्रवेशद्वार बेत्रावतीसम्म सडकको अवस्था राम्रो छ । त्यहाँदखि धुञ्चे र स्याफ्रुबेँसीसम्म पुग्ने सडकको स्तरोन्नति भइरहेको छ । काठमाडौँबाट बस र जिप यात्राका लागि सहजै उपलब्ध हुन्छन् ।
यस क्रममा बाटोमा पर्ने नुवाकोटमा नुवाकोट साततले दरबार, देवीघाट, शिवपुरी, गेर्खुको दुधेला, चोगदे क्षेत्रको सूर्यगढी, दुप्चेश्वर, फिकुरीको जुरेथुम, राउचुली, बेल्कोटगढी, बुङताङ, देउरालीलगायत ठाउँको अवलोकन गर्न सकिन्छ । ठाउँठाउँमा घरबासको पनि व्यवस्था गरिएको छ । काठमाडौँलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययनसमेत शुरु गरिएको छ ।
टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब पाँच किलोमिटर तथा बेत्रावती–रसुवागढी करिब २४ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरे नेपालमा चिनियाँ पर्यटक उल्लेख्यमात्रामा भित्रिने सम्भावना छ ।
लाङटाङमा १३ हजार पर्यटकद्वारा अवलोकन
चालू आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनामा १३ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जकका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश बस्नेतका पर्यटकबाट झण्डै रु दुई करोड राजश्व सङ्कलन भएको छ । बाह्य पर्यटक निकुञ्ज घुम्न आउने मुख्य समय फगुनदेखि वैशाख तथा असोजदेखि कात्तिक हो । फ्रान्स, बेलायत, इजरायल, अस्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, अमेरिकालगायत देशका नागरिक बढीजसो यहाँ घुम्न आउँछन् । आव २०७५÷०७६ मा झण्डै १४ हजार आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका थिए ।
विसं २०३२ मा स्थापना गरिएको लाङटाङ निकुञ्ज भ्रमण गर्ने सार्क मुलकका पर्यटकबाट रु एक हजार पाँच सय, अन्य देशका पर्यटकबाट रु तीन हजार तथा स्वदेशी पर्यटकबाट रु एक सय शुल्क लिने व्यवस्था गरिएको छ । लाङटाङ र गोसाइँकुण्ड स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । बस्नेतका अनुसार रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको एक हजार ७१० वर्गकिलोमिटर भू–भागमा लाङटाङ राष्ट्रिय निकुञ्ज फैलिएको छ । यहाँ रातोहाब्रे, हिमाली भालु, हिमचितुवा, कस्तुरीलगायत जनावर रहेका छन् । निकुञ्जको बफर जोनको क्षेत्रफल ४२० वर्गकिलोमिटर छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण लाङटाङ क्षेत्रमा धेरै क्षति पुगेको थियो । अहिले उक्त क्षेत्रमा चहलपहल विस्तारै बढ्न थालेको छ ।
यसैबीच नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज बिहानै रसुवागढी नाकामा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकलाई फूलमाला तथा खादा ओढाएर स्वागत गरिएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले स्वागत गरेका हुन् । आजै स्याफ्रुबेँसीमा रसुवा घुम्न आएका अरु देशका पर्यटकलाई स्वागत गरिनुका साथै स्थानीय कलासंस्कृतिसहितको झाँकी प्रस्तुत गरिएको बस्नेतले जानकारी दिए । सदरमकाुम धुञ्चेमा बास बस्ने बाह्य पर्यटकलाई आज एक दिन निःशुल्क खाने बस्ने व्यवस्था गरिएको उनले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 10 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 21 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 46 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।