नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा
- शनिबार, ४ माघ, २०७६
- 3 years ago
- राजनीति

काठमाडाैँ । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् ।
राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन् ।”
अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएकाले सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्शन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्ने बताए ।
सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउँदै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको औँल्याए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राष्ट्रमा प्रजातान्त्रिक तथा राष्ट्रवादी सोच र चिन्तन भएका पार्टीहरुसँग राप्रपाको एकीकरण हुन सक्छ भन्दै आगामी जेठ महिनामा हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रत्येक जिल्लाबाट सक्रिय सदस्यताको माध्यमबाट निर्वाचित भएर आउनुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा राप्रपाका केन्द्रीय सदस्यत्रय मधु अधिकारी, विन्दु पहाडी, मीना स्वर्णकार र ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष हिक्मत सिंह भण्डारीले राप्रपाले विदेशमा रहेका युवाहरुलाई निकट भविष्यमा स्वदेशमै रोजगारीमूलक अवसर जुटाउन ट्रेड युनियन महासङ्घले आत्मसात् गर्ने विश्वास व्यक्त गर्दै समाजलाई राजनीतिक स्थायित्व प्रदान गर्न सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सबै दलसँग सहकार्य गरेर सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 1 minute ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 31 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।