नेपालको लगातार दोस्रो हार
- आइतबार, १८ फागुन, २०७६
- 2 years ago
- खेल

काठमाडौँ । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेको छ ।
नेपालले हङकङले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउँदै सकेन ।
नेपालले १८ ओभर एक बलमा मात्र १११ रनमा समेटिन पुगेको थियो । अन्ततः नेपाल ४३ रनले पराजित भएको छ ।
नेपालका लागि ओपनिङ व्याट्सम्यान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले उत्कृष्ट सुरुवात गरेका थिए ।
कप्तान ज्ञानेन्द्र मल्लले मात्र ४३ बलमा ४६ रनको योगदान गरेपनि जितका लागि अपर्याप्त रह्यो । कुशल मल्ल १९ रन बनाएर पेभेलियन फर्किए । पारस खडका चार रन बनाएर आउट भए । मध्यक्रममा दिपेन्द्रसिंह ऐरी पाँच, पवन सर्राफ १, बिनोद भण्डारी र मोहम्मद आरिफ शेष पुनः असफल भए ।
१७ औं ओभरमा १०० रनमा नौ विकेट गुमाउँदा अविनाश बोहराले केही उत्कृष्ट शट लगाएपनि नेपालको जित निकै टाढिसकेको थियो ।
हङकङका लागि मोहम्मद हारुन अरशद तीन ओभरमा मात्र १५ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए । आफताब हुस्सैनले १४ रन खर्चेर तीन तथा एहसान खानले १८ रन खर्चेर दुई विकेट लिए ।
यसअघि हङकङले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५५ रन बनाएको हो । टर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको हङकङले उत्कृष्ट सुरुवात गरेको थियो । पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको हङकङ सुरुको दश ओभरमा ८४ रन जोड्दा मात्र दुई विकेट गुमाएको थियो । शाहिद वासिफ र निजाकत खानले पहिलो विकेटका लागि अद्र्धशतकीय साझेदारी गरे । शाहिद २६ रन बनाएर पेभेलियन फर्किए । निजाकत खानले मात्र २९ बलमा ४८ रनको विष्फोटक पारी खेले । दुबैजनालाई सुशनले एकै ओभरमा पेभेलियन फर्काएपछि खेलमा नेपालले वापसी गरेको थियो ।
हारुन अरशदलाई २७ रनको ब्यक्तिगत् योगफलमा कुशल मल्लले पेभेलियन फर्काएपछि ब्याटिंग गर्न आएका किञ्चित शाहलाई सन्दीपले खाता खोल्न नपाउँदै दिपेन्द्रसिंह ऐरीको हातमा क्याच थमाइ आउट गरे । ऐजाज खान २९ रन बनाएर रन आउट भए । जैमी एकिञ्सनले १४ बलमा १३ रन बनाउँदै सन्दीपकै बलमा आउट भए । सन्दीप लामिछाने र सुशन भारीले सामान दुई दुई विकेट लिए । सन्दीपले चार ओभरमा मात्र २५ रन खर्चिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 31 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 42 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।