नेपालले नामिबियामा खेल्ने सिरिज अन्योलमा

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, ६ चैत, २०७६
  • 2 years ago
  • खेल

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको पाँचौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको सिरिज रद्द गरेपछि नेपालले खेल्ने छैटौँ चरणको नामिबिया सिरिजबारे द्विविधा उत्पन्न भएको हो । 

 

आइसिसीले नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । आइसिसीले कोरोना भाइरसका कारण पाँचौँ चरणको सिरिज रद्द गरेपछि छैटौँ चरणको नामिबिया सिरिज पनि रद्द गर्ने सम्भावना बढेको छ । प्रतियोगिताबारे नामिबिया क्रिकेट सङ्घको आधिकारिक जवाफ प्राप्त नभएको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। “हामी आइसिसीको आधिकारिक निर्णयको पर्खाईमा छौँ”, उनले भने । प्रतियोगिताका लागि क्यानले सञ्चालन गर्ने प्रशिक्षण पनि अन्योलमा छ । 

 

आइसिसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

 

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

 

नेपालले माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो । उक्त सिरिजमा नेपाल ओमानसँग दुवै  खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो । नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ । नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ । 

 

लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ । ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ । लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ । उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ । यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ । 

 

यसैगरी नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ । युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ । नेपाल चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ । आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो । आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

  • 14 minutes ago
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर

दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

  • 22 minutes ago
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक

काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

  • 28 minutes ago
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट



पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।